बलिउड अभिनेता शक्ति कपुर नेपालमा!!!

बलिउड अभिनेता शक्ति कपुर नेपाल आएका छन् । कपुर मुम्बईबाट हिजो नेपाल आइपुगेका हुन् ।

नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ आइपुगेका कपुरसँग लिइएको तस्विर विमान चालक तथा अभिनेता विजय लामाले फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

कपुरको नेपाल भ्रमणको बारेमा केही खुलाइएको छैन । घुमफिर वा कुनै चलचित्रको छायांकनका लागि उनी नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ ।

५७ वर्षिय पुगिसकेका शक्ति बलिउडमा तीन दशक देखि अभिनय गर्दैछन्। उनकै छोरी श्रद्धा कपुर पनि बलिडकी एक चर्चित नायकामा गनिन्छिन्।