यी हुन विश्वकै सबैभन्दा खतरनाक १० प्रजातिका कुकुर!!!
कुकुर र मानिसको सम्बन्ध निकै हजार वर्ष पुरानो हो। मानिसले सुरक्षा, शिकारको लागि पाल्ने गरेको कुकुर मानिसको नजिकको साथी पनि हो।
कुनै कुनै प्रजातिका कुकुरहरू यस्ता हुन्छन् कि हेर्दा त्यति डरलाग्दा देखिँदैनन् तर अति नै डरलाग्दा अनि खतरनाक हुन्छन्। किन ‘खतरनाक’ भनिएको हो भन्दा यिनीहरूले टोकेपछि अन्य प्रजातिले टोकेको भन्दा बढि नोक्सान पुर्याउने गर्छन्।
विश्वभरीमा सबैभन्दा धेरै अनि घातक दुर्घटना निम्त्याउने कुकुरका प्रजातिलाई मूल्याङ्कन गर्दा ‘पिटबुल’ र ‘रोटवाइलर्स’लाई सबैभन्दा खतरनाक कुकुरको प्रजातिमा समावेश गरिएको छ।
हेरौँ, कुन-कुन प्रजातिका कुकुरहरू १० खतरनाक कुकुरको सूचीमा पर्दछः
१०. अकिटाज (Akitas)
कुनै कुनै प्रजातिका कुकुरहरू यस्ता हुन्छन् कि हेर्दा त्यति डरलाग्दा देखिँदैनन् तर अति नै डरलाग्दा अनि खतरनाक हुन्छन्। किन ‘खतरनाक’ भनिएको हो भन्दा यिनीहरूले टोकेपछि अन्य प्रजातिले टोकेको भन्दा बढि नोक्सान पुर्याउने गर्छन्।
विश्वभरीमा सबैभन्दा धेरै अनि घातक दुर्घटना निम्त्याउने कुकुरका प्रजातिलाई मूल्याङ्कन गर्दा ‘पिटबुल’ र ‘रोटवाइलर्स’लाई सबैभन्दा खतरनाक कुकुरको प्रजातिमा समावेश गरिएको छ।
हेरौँ, कुन-कुन प्रजातिका कुकुरहरू १० खतरनाक कुकुरको सूचीमा पर्दछः
१०. अकिटाज (Akitas)
अकिटाज जापानी प्रजातिका कुकुहरू हुन् र यिनीहरू अति नै चलाख अनि बाठा हुन्छन्। यिनीहरूलाई राम्रोसँग प्रशिक्षण दियो भने त्यति खतरनाक हुँदैनन्। तर मानिसहरूसँग कसरी व्यवहार गर्ने भनेर नसिकाएमा अति नै खतरनाक सावित हुन सक्छ।

जर्मन प्रजातीको यो ‘बक्सर’लाई सबैभन्दा खतरनाक १० को सूचीमा राखिएपनि, यिनीहरूको व्यवहार त्यति आक्रामक हुँदैन। बक्सर कुकुर अति चलाख हुन्छन् र यिनीहरूलाई ट्रेनिङ्ग गर्न अति नै गाह्रो पर्दछ। ट्रेनिङ्ग गर्ने क्रममै यिनीहरूले अरूलाई आक्रमण गर्नसक्ने भएकोले नै यसलाई खतरनाक प्रजाती मानिएको हो।
८. ग्रेट डेन्स (Great Danes)
यी ग्रेट डेन्स प्रजातीका कुकुरलाई सबैभन्दा अद्वित्तीय प्रजाती मानिन्छ, किनभने यो कुकुर जता जान्छ, सबैको ध्यान खिच्ने काम गर्छ। यसको तौल २०० पाउण्ड सम्म हुने गर्छ। यसको विशाल शरीरले गर्दा नै सबैमा सजिलै डर पैदा गराउँदछ। तपाईँ जतिसुकै कुकुप्रेमी भएपनि अकस्मात यो कुकुरलाई देख्नुभयो भने अवश्य तर्सिनुहुन्छ।
साथै, यदि यिनीहरूलाई राम्रोसँग ट्रेनिङ्ग दिन सकिएन भने उल्टो आफैलाई आक्रमण गर्न सक्छन्।
७. चाव-चाव (Chow-Chow)
चीनियाँ प्रजातीको यो ‘चाव-चाव’ कुकुर अति नै चलाख हुन्छन् र यसलाई पनि राम्रोसँग ट्रेनिङ्ग दिन सकिएन भने आक्रामक बन्न सक्छन्।
६. डबरम्यान पिन्सचर्स (Doberman Pinschers)
डबरम्यान कुकुर जाँगरिला, बफादारि अनि बाठा हुन्छन्। त्यसैले यी प्रजातिका कुकुरलाई विशेष गरी प्रहरी र सैनिक तालिम दिइने गरिन्छ। यदि आफ्नो मालिकलाई कुनै खतरा पर्यो भने मात्रै यसले आक्रमण गर्दछ। साथै उत्तेजित भएको बेलामा पनि यसले आक्रमण गर्न सक्दछ।
५. अलास्कान म्यालाम्यूट्स (Alaskan Malamutes)
करीब १०० पाउण्ड जति तौल हुने यो अलास्कान प्रजातीका कुकुरहरूलाई सबैभन्दा चलाख प्रजातीका कुकुर मानिन्छ। यसले अरूले भन्दा ढिलो सिक्ने गर्ने हुनाले नै यो प्रजातीलाई ट्रेनिङ्ग गर्दा शान्त भएर गर्नुपर्दछ।
४. जर्मन सेफर्ड (German Shephard)
जर्मन सेफर्डलाई नचिन्ने त सायद को नै पो छ होला र? नेपालमा पाइने विदेशी कुकुरमध्य जर्मन सेफर्ड नै अधिकांशमा पर्दछ। यो कुकुर अति नै चलाख अनि शक्तिशाली हुन्छ। यदि यसलाई राम्रो व्यवहार गरिएन भने उल्टो आफ्नै मालिकलाई नै आक्रमण गर्न सक्दछ। त्यसैले नै यसलाई छैठौँ स्थानबाट चौथो स्थानमा राखिएको हो।
३. हस्किज (Huskies)
हेर्दा त यो अति नै नरम स्वभावको देखिन्छ, तर विगत २० वर्षयता विश्वभरीमा कुकुरको टोकाईबाट १०० जना भन्दा बढिको मृत्यु भएको रिपोर्ट छ। यिनीहरू अति नै टाठा र जाँगरिला हुन्छन्।
२. रोटवाइलर्स (Rottweilers)
१०० देखि १३० पाउण्ड सम्मको तौल हुने यो प्रजातीको कुकुरलाई विशेष गरी घर परिवारको एकदम भरपर्दो सुरक्षाकर्मीको रूपमा प्रयोग गरिन्छ। आफ्नो मालिकलाई अति नै माया गर्ने यो कुकुर मालिकलाई कुनै किसिमको खतरा हुने बित्तीकै आक्रामक बन्न जान्छ।
१. पिटबुल (Pitbull)
यदि तपाईँलाई कुकुरको प्रजातीको बारेमा लगभग विस्तृत जानकारी छ भने पिटबुललाई पहिलो स्थानमा देख्दा अचम्म मान्नुहुन्छ होला। यस प्रजातीलाई सबैभन्दा खतरनाक किन मानिएको हो भन्दा अझसम्म विश्वभरी नै यो कुकुरको टोकाईबाट सबैभन्दा बढि मृत्यु भएको पाइएको छ। जसले गर्दा केहि देशले त यसको प्रजनन गराउन नै प्रतिबन्धित गरेको छ।