५ तस्विर जस्का कारण ओली भारतमा रहँदा नै नेपालमा भए हिरो मोदीको अगाडी ओलीलाई हिरो बनाउने ३ तस्विरः सामाजिक सञ्जालमा भाइरल घटना विवरण सहित पढ्नुस्!!!
यतिबेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् । केही समय अघि सम्म भारतसँग आक्रोशित देखिएका ओलीलाई भारतले भने राजकीय सम्मानसहित राजकीय भ्रमणमै निम्तो दियो र फरक ब्यवहार गरिरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेको एक दिनपछि प्रधानमन्त्री केपी ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरियो । यतिबेला सामाजिक सञ्जालमा ओलीका विभिन्न पोजलाई लिएर सामाजिक सञ्जालमा तस्विरहरु भाइरल बनेका छन्
कतिपयले ओलीले भारतसँग गोप्य सम्झौता गरेर सम्मान सहित भारत गएको आशंका पनि गरिरहेका छन् । शनिबार हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सम्बन्ध सुधार भनेर पटक पटक उच्चारण गरेपनि मोदीले यस विषयमा कुनै कुरा भनेनन् ।
उनको मुद्रा नेपालबाट भारतले चाहेको कुरा अझै पनि पाउन बाँकि छ भन्ने जस्तो देखिन्थ्यो । उनको हाउ भाउ समेत ओली जति खुसमिजास थिएन । तर भारत भ्रमणमा रहेका बेला ओलीका पोजबारे भने नेपालमा रमाइला चर्चा भैरहेका छन् । ओली मोदीसँग नझुकेको बरु मोदी ओलीसँग झुकेको भन्दै कतिपयले मोदीको जोक पनि बनाएका छन् ।
ओली मोदीसँग नझुकेको भनेर चर्चा भएको तस्विर
शनिबार विहान १० बजेतिर नेपालीका प्रधानमन्त्री ओली बसिरहेको भारतीय राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी आइपुग्यो । स्टन्ट दिन सिपालु नरेन्द्र मोदीले आफ्नो कारगेडबाट ओर्लिएर ओलीलाई गाडी सम्म नै लिन आए र एक प्रकारले तानेर लिएर अघि बढे । त्यतिबेला मोदीको पोज नमस्ते मुद्रामा थियो ।
यस अघिका नेपाली प्रधानमन्त्रीहरुले भारतीय नेताहरुसँग झुकेर नमस्ते फर्काएका दृष्यहरु भाइरल हुन्थे । तर यस पटक यस्तो हुन पाएन । ओलीले मोदीलाई नमस्कार फर्काउनु अघि नै आफूलाई सम्मान दिन तैनाथ भारतीय सेनाको टुकडी अवलोकन गर्दै आँखा डुलाए । त्यसपछि मात्र ठाडै शिर पारेर ओलीले नमस्कार फर्काएको तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । ओली मोदीको अगाडी नझुकेको भन्दै सामाजिक सञ्जालमा तस्विर भाइरल बनिरहेको छ ।
ओलीले नमस्ते नफर्काएको तस्विर
त्यसैगरी मोदी र ओलीले नेपाल भारतबीच भएका भनिएका सम्झौता हस्ताक्षर गर्दै गरेको समयमा ओलीको पछाडि निरिह जस्तो देखिने मुद्रामा उपस्थित भएका मोदीको तस्विर पनि यतिबेला भाइरल बनेको छ ।
ओलीको पछाडि निरिह जस्तो देखिने मोदीको तस्विर
कुनै चिया ल्याउने ब्यक्ति जस्तो देखिने मोदीको पोजलाई पनि ओलीसँग झुकेको भन्ने अर्थमा सामाजिक सञ्जालमा चर्चा गरिएको छ ।
भातरीय मिडियामा ओलीः
भारतका ठूला दैनिक पत्रिकामा आइतबारको फुर्सदिलो विशेष पृष्ठ प्रकाशन हुने गरे पनि प्रधानमन्त्री ओलीका भेटवार्ताका तस्बिर र समाचारले स्थान पाएका छन् । अधिकांश ठूला पत्रिकामा प्रथम पृष्ठमा भ्रमणको भेटवार्तासम्बन्धी तस्बिरसहित समाचार प्रकाशित भएको छ ।
नवभारत टाइम्स दैनिकले ‘भारत और नेपाल के बीच अब आल इज वेल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । यस्तै टाइम्स अफ इन्डियाले ‘अपराइजिङ इन नेपाल टाइज अफ्टर पिएम ओलिज भिजिट’ शीर्षकमा समाचार दिएको छ । इन्डियन एक्सप्रेसले ‘नेपाल पिएम मिट्स मोदी’, सेज मिसअन्डरस्ट्यान्डिङ ओभर शीर्षक दिई समाचार राखेको छ । द एसियन एज पत्रिकाले दुई प्रधानमन्त्री ओली र मोदीले हात मिलाएको एएफपीको तस्बिर प्रकाशित र थप समाचारलाई स्थान दिएको छ ।
ती समाचारमा मोदीले नेपालको नयाँ संविधानलाई उपलब्धि मानेको, मधेसको बाँकी राजनीतिक समस्याको समाधान संवाद र सहमति मिलाउन आग्रह गरेको, सातबुँदे समझदारी भएको बारे उल्लेख गरिएको छ । नेपालको अर्काे छिमेकी चीनसँग सम्बन्धबारेमा दुई प्रधानमन्त्रीसँग कुरा भएको थियो थिएन भन्ने बारेमा पनि ती सञ्चारमाध्यमले चासो दिएका छन् । यस्तै ‘दिल्ली स्पेसल द गार्जिएन’, ‘द हिन्दू’लगायतका पत्रिकाले पनि सो समाचारलाई प्राथमिकता दिएका छन् ।
हैदरावादमा भएको दुई देशको उच्चस्तरीय वार्ता र समझदारी आदानप्रदान तथा दुई प्रधानमन्त्रीको प्रेस वक्तत्वको समाचार सङ्कलनका लागि भारतीय र यहाँस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिको पनि बाक्लो उपस्थिति थियो । आइतबार पनि ओलीले दिउसो ४ बजे नेपाली दूतावासमा प्रधानमन्त्री ओलीले मिडिया अन्तरक्रिया र नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ



