यो कस्तो राजनीतिक संस्कार !!! सुशीलको चिता नजल्दै कांग्रेस भित्र बधाइ आदान प्रदान!
नेपाली कांग्रेसका सभापति सुशील कोइरालको निधनले सिंगो काग्रेस पार्टी शोकमा छ । कोइरालाको निधनको कारणले स्तब्धता छाएको छ । आजै मात्र सभापति कोइरालाको पशुपतिस्थिति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
कोइराला वितेको दुई दिन नवित्दै नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थ मन्त्री रामशरण महतले बधाई दिएका छन् । पार्टीले शोक मनाउने निर्णय गरेपनि उनले बधाई दिएका छन् ।
महतले टवीट्रमा लेखेका छन्–खासगरी स्थानीय, क्षेत्रीय र जिल्लाका पदहरु र महाधिवेशन र महासमितिमा निवाचित साथीहरुलाई थप बधाई ।’
फागुन १ गतेसम्म जिल्ला अधिवेशन गाउं अधिवेशन स्थगित गरेको कांग्रेसको ६५ वटा जिल्लामा जिल्ला अधिवेशन चलेको छ ।
तराईको झण्डै १० वटा जिल्लामा क्षेत्रीय अधिवेशन बाँकी नै छ । कुनै जिल्लामा स्थानको विवाद छ भने कतै संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीचको विवादको कारण सबै क्षेत्रमा अधिवेशन हुन सकेको छैन ।
को हुन् सुशील कोइरालाको मुर्ति बनाउने भारतीय कलाकार
सभापतिको निधन भएपछि सिंगो देशभरीका कांग्रेसका नेता तथा कार्यकर्ता राजधानी आएका छन् । यस्तो शोकमग्न भएको बेला कांग्रेसका नेता महतले भने अधिवेशनमा विजयी हुने उम्मेदवारहरुलाई बधाई दिएका छन् ।
