आगामी १० वर्षमा विश्वमा हुनसक्ने १० घटनाः जसले ल्याउने छ संसारमा उथलपुथल पढ्नुस् संसार बदलिने भविष्यवाणी!!!

आगामी १० वर्षमा विश्वमा कस्ता कस्ता घटना होलान् ? कस्ता घटना क्रम मुख्य होलान ? यो सबैका लागि चासो र जिज्ञासाको विषय हो । विश्व चर्चित इन्टेलिजेन्स संस्था स्ट्रेट फोरले ‘Decade Forecast: 2015-2025’ अर्थात दशको भविष्यवाणी भन्ने अध्ययन सार्वजनिक गरेको छ ।

यसमा विश्वमा आगामी १० वर्षमा हुने १० घटनाको भविष्यवाणी गरिएको छ । आगामी १० वर्षमा हुने भविष्यवाणी गरिएका १० घटनाः

१- युरोप ४ टुक्रा
युरोपको एकताले विश्वको शक्ति सन्तुलनमा नै फरक पारिरहेको छ । तर इन्टेलिजेन्स संस्था स्ट्रेट फोरका अनुसार आगामी १० वर्षमा युरोप ४ टुक्रामा विभाजित हुने छ । पश्चिम यूरोप, पूर्वी यूरोप, स्क्याण्डिनेभिया र ब्रिटिश आईल्याण्ड।


२- साउथ चाइना सागरमा तनाव
इन्टेलिजेन्स संस्था स्ट्रेट फोरका अनुसार आगामी १० वर्षमा अहिले पनि तनावमा रहेको साउथ चाइना सागर झनै तनावको कारण बन्ने छ । अहिले पनि साउथ चाइना सागरको विषयमा विभिन्न देशबीच विवाद जारी छ ।


यसकै कारण कतिपय देश युद्धको संघारमा समेत पुग्ने स्ट्रेट फोरको दावी छ । चीन र जापानबीच कडा टक्कर पर्ने उसको भविष्यवाणी छ ।

३- जर्मनीको अर्थतन्त्रमा असर
स्ट्रेट फोरका अनुसार युरोपको सबैभन्दा शक्तिशाली देश जर्मनीको अर्थतन्त्र आन्तरिक बजारका कारण संकटमा पर्न सक्ने छ ।


निर्यातमा आधारित रहेको जर्मनी अर्थतन्त्रमा निर्याति प्रभावित हुने र अर्थतन्त्र संकटमा पर्ने स्टेट फोरको भविष्यवाणी छ । जर्मनीको घटिरहेको जनसंख्याका कारण आन्तरिक बजारमा समस्या आउने यो संस्थाको अनुमान छ ।

४-पोल्याण्ड बन्ने छ युरोपको लिडर
आगामी १० वर्षमा युरोपको लिडर पोल्याण्ड बन्ने स्ट्रेट फोरको अनुमान छ । जर्मनी कमजोर बनेपछि युरोपको लिडर पोल्याण्ड बन्ने उसको अनुमान छ । स्टेट फोरका अनुसार पोल्याण्डको जनसंख्या आगामी १० वर्षमा कम हुने छैन । रुससँग जोडिएको यो देशको सामरिक महत्वले समेत यसलाई शक्तिशाली बनाउने यो संस्थाको अनुमान छ ।


५- घट्ने छ अमेरिकाको शक्ति
आगामी दशकमा विश्व शक्ति अमेरिका अहिले भन्दा कमजोर बन्ने स्ट्रेट फोरको दावी छ । अमेरिकाले विश्वसका समस्या सुल्झाउनका लागि गर्ने खर्च घरेलु उर्जाको कमी लगायतका कारण अमेरिका कमजोर हुने उसको दावी छ ।

 ६- अरव देशको अस्थिरता टर्कीलाई फाइदाजनक
अरव क्षेत्रमा लामो समय देखि तनाव छ । विभिन्न अरव राष्ट्रमा सत्ता पलट नै भयो भने कतिपय देशमा अहिले पनि गृहयुद्ध चलिरहेको छ । यहाँको अस्थिरताको फाइदा टर्कीलाई हुने स्ट्रेटफोरको दावी छ । टर्कीले रुसबाट बँच्न अमेरिकाको सहायता पनि लिने छ ।

७- रुसको परमाणु हतियार खतरनाक हुने
आगामी दशकमा संसारको सुरक्षामा सबैभन्दा खतरा रुसको परमाणु हतियारले पैदा गर्ने छ । यो रोक्नका लागि अमेरिकाले सैन्य कारवाही गर्नु पर्ने र रुसको आणविक क्षमता नियन्त्रणका लागि पोल्याण्डमा सैन्य तैनाथ गर्नु पर्ने स्ट्रेट फोरको अनुमान छ ।World after 10 yers 8 रुस आगामी दशकमा अझै शक्तिशाली बन्दै जाने र यसले अमेरिकालाई तनाव थपिने समेत अनुमान गरिएको छ । रुसको आणविक शक्तिलाई टक्कर दिनका लागि अमेरिकालाई धौ धौ पर्ने छ ।

८- समस्यामा पर्नेछ चीन
चीन आगामी दशकमा घरेलु समस्याले घेरिने दावी स्ट्रेटफोरको छ । चीनको आर्थिक वृद्धी कमजोर हुँदैन जाने र देशमा सत्तारुढ कम्युनिष्ट पार्टी विरुद्ध असन्तोष बढ्दै जाने यो संस्थाको अनुमान छ ।


चीनका तटीय क्षेत्रमा ब्यापार बढेपनि भित्री क्षेत्रहरु अन्तराष्ट्रिय बजारबाट छुट्टिने स्ट्रेटफोरको अनुमान छ ।

९- जापान बन्ने छ नौसैन्य शक्ति
आगामी दशकमा जापान भने नौ सेनाको क्षेत्रमा शक्तिशाली बनेर उदाउने स्ट्रेट फोरको अनुमान छ ।




चिनियाँ सागरमा बढ्दै गएको तनावसँग जुध्न पनि जापानले सैन्य शक्ति बढाउने र संसारकै सबैभन्दा शक्तिशाली नौसेना तयार हुने संस्थाको अनुमान छ । यद्यपी यसका लागि अमेरिकाको सहयोग भने अनिवार्य हुने छ ।

१० – रुसको पतन
आगामी दशक रुसका लागि तनावको दशक हुने स्ट्रेट फोरको अनुमान छ । किन भने रुसमा सत्तामा रहेकाहरुलाई यस अघिको जस्तो समर्थन हुने छैन । तनावका कारण रुसको वर्तमान स्वरुप कायम नरहने यो संस्थाको दावी छ ।
PROMOTED CONTENT