Breaking News: पूर्व युवराज पारस साहलाई अर्को लफडा थाइ प्रेमिकाले सार्वजनिक गरिन् पारसको छोराको तस्विर पारससँग अनुहार मिल्ने बच्चाको तस्विर सहित भावुक स्ट्याटस!!
गत असार महिनामाा नेपालका पूर्वयुवराज पारस साहलाई पति भनेर सम्बोधन गर्दै फेसबुकमा फोटो पोष्ट गरेकी थाइ युवती कन्निका चाइयर्सनले आफूले पारसको छोरो पनि जन्माएको दावी गरेकी छिन् ।कन्निकाले फेसबुक स्टेटसमा आफ्नो छोरोले नेपाल जान भनेर जिद्दी गर्ने गरेको समेत लेखेकी छिन् । उनले आफ्नो छोराको नाम युनिभर्स भएको भन्दै उसलाई सम्बोधन गरेर लेखेको स्ट्याटसमा यस्तो दावी गरेकी हुन्
उनले आफ्नो छोरो ३ महिनाको हुँदा पूर्व प्रेमीसँग छुट्टिने निर्णय गरेको भन्दै यो बच्चाले आफ्नो बाबु पारस साहलाई कहिल्यै पनि नभेटेको भनेकी छिन् । आफ्नो छोराका कारण आफूलाई पटक पटक आँशु आउने गरेको समेत उनले लेखेकी छिन् ।

यस अघि कन्निकाले आफूलाई नेपालीहरुसँग चिनजान नहुँदा सम्म पारस र हिमानीको सम्बन्धबारे थाहा नभएको भन्दै उनले नेपालीसाथीहरुसँग कुरा गरेर थाहा पाएको बताइएकी थिइन् ।
पारस साहसँगको सम्बन्धबारे धेरै नलेखेपनि उनले आफू सिधा सादा केटी भएको र धेरैले आफ्नो भाषा नबुझ्न सक्ने समेत उनले बताइएकी थिइन् ।

पारसकी प्रेमिकाले फेसबुकमा राखेको उनकै दावीमा ‘छोरा’को अर्को तस्विर
४ वर्षमा स्वदेश फर्किएर पनि २ महिना वित्दा सम्म आफ्नै बाबु आमा तथा पत्निको भेट नपाएका एवं घरमा प्रवेश नपाएका पूर्वयुवराज पारस साहको बैबाहिक अवस्थाबारे प्रश्न उठेको थियो ।
एक पटक हृदयघातका कारण मृत्युको मुखमा पुगेर फर्किएका पारस साहलाई उनकी प्रेमिका कन्निका चाइयर्सनले बचाएको बताइन्छ ।

