पाँच महिनासम्म नेपालमा नाकाबन्दी लगाउने मोदीलाई आफ्नै हरियाणाका जनताले गरे नाकाबन्दी,पानी अभावका कारण दिल्लीका सबै स्कुल बन्द ।खानेपानीको हाहाकार पछि नेपालबाट खानेपानी लाने तयारी । http://www.nayakhabar.com/2016/02/213456_35.html

काठमाडौं । हरियाणाका जनताले नाकाबन्दी लगाउँदा दिल्लीमा पानीको संकट चुलिएको छ ।  केही दिनदेखि आरक्षणको मागसहित जारी आन्दोलनले भारतीय राजधानी दिल्लीमा पानीको संकट चुलिएको हो । 

पछिल्लो दुई दिनदेखि जाट आन्दोलनकारीले मुनक नहरलाई बन्द गरिदिएपछि दिल्लीमा पानीको हाहाकार हुन थालेको हो । यो आन्दोलनका कारण दिल्लीमा पानीको संकट चुलिएको दिल्ली सरकारले नै पुष्टि गरेको छ । 
 मुख्यमन्त्री अरविन्द केजरीवालले पानीको संकट गहिरिएको जानकारी दिएका छन् । हरियाणामा आन्दोलनका कारण दुई दिनदेखि दिल्लीमा पानी आपूर्ति ठप्प छ । यो आन्दोलनले ट्रिटमेन्ट प्लान्ट्समा पानी करिब सकिएको छ । पानीकै अभावले सोमबारका लागि दिल्लीका सबै स्कुल बन्द भएका छन्।

पानीको अभाव भएपछि आपूर्तिका लागि आफूले केन्द्रीय सरकारसँग सहयोग मागेको उनले बताएका छन् । 
 हामीले गृहमन्त्री राजनाथ सिंह र हरियाणाका मुख्यमन्त्रीसँग सम्पर्क गरेर सेनाक मद्दतबाट मुनक नहरमा पानी छोडाउन प्रयास गरिरहेका छौुं, उनले भने, तर नहरबाट पानी आएर पनि ट्रिटमेन्टमा २४ घन्टाको समय लाग्नेछ । दिल्लीवालालाई पानीको कम भन्दा कम प्रयोग गर्न अपिल गर्दछु ।