तनहुँको दमौलीका १७ वर्षीय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर निर्माण गरेको सौर्य ऊर्जाबाट चल्ने स्कुटर सञ्चालनमा :: Read News >> http://websitebhitrako.blogspot.co.il/…/02/blog-post_116.ht…
काठमाडौँ, १० फागुन - दमौलीका १७ वर्षीय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर सौर्य ऊर्जाबाट चल्ने स्कुटरको निर्माण गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलन मार्फत सोलार जडित स्कुटर सार्वजनिक गरिएको हो।
अनुसन्धानकर्ताले आफ्नी आमाको नामबाट स्कुटरको नाम ’विष्णु सोलार स्कुटर’ राखेको जानकारी दिनुभयो। उहाँले आफूले नयाँ काम गर्न चाहेको तर राज्यले सहज वातावरण नबनाएको भनी गुनासो पनि गर्नुभयो।
सो अवसरमा विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले स्कुटरको शुभारम्भ गर्दै भविष्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सके नाकाबन्दीको मुकाबिला समेत गर्न सकिने र ढुङ्गानाजस्ता हजारौँ ऊर्जाशील युवालाई नेपालमै अध्ययन अनुसन्धान गर्ने वातावरण बन्ने भएकाले त्यसतर्फ आफू लागिपरेको बताउनुभयो।
अनुसन्धानकर्ता धनगढीका सुमन पौडेलले विज्ञान प्रविधिसँग सम्बन्धित विषयमा राज्य गैरजिम्मेवार रहेको गुनासो गर्नुभयो । विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको छ । यसले मौसमको जानकारी दिनाका साथै हराएमा स्थान हेर्न सकिनेछ । स्कुटर लगातार ६० किमी गुड्न सक्नेछ।