घट्यो अर्को कहाली लाग्दो घटना-महिलामाथि एसिड प्रहार!!!
दाङमा आज एक महिलामाथि एसिड प्रहार गरिएको छ । घोराही–२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै साँझ ७ वजे महिलामाथि एसिड प्रहार गरिएको हो ।प्रहरी बोर्डिङ नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी रीता चौधरीमाथि २ जनाको समूहमा आएका अपरिचित व्यक्तिले एसिड प्रहार गरेको पीडितका भाइ बसन्त चौधरीले जानकारी दिनुभयो । एसिड प्रहारबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ । चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको