बोक्सीको आरोपमा सात जनालाई जीउँदै जलाइयो!!
घटनापछि घटनास्थलमा प्रहरी पुगे पनि समाचार तयार पार्दासम्म कसैलाई पक्राउ भने गरिएको छैन । सात जनामध्ये एक जनाको झोलामा मानव अस्थिपञ्जर भएको थाहा पाएपछि स्थानीयले उसलाई केहीबेर लखेटेपछि समातेका र उसैको भनाईका आधारमा अन्य छ जनालाई समेत नियन्त्रणमा लिइएको थियो ।
प्रहरी अधिकारीले कङ्काल अल्विनो समुदायको भएको वा ती अरू कुनै समुदायका मानिसका थिए भन्नेबारे अनुसन्धान सुरु गरेको छ । केही अफ्रिकी मुलुक मलावी, मोजाम्बिक र तान्जानियालगायतका केही अफ्रिकी मुलुकमा अल्विनो समुदायका मानिसलाई मार्ने र बोक्सी लागेका कारण बिरामीलाई उनीहरुको अस्थिपञ्जर प्रयोग गरी उपचार गर्ने गरिन्छ । यसरी उपचार गरेमा बिरामी निको हुने विश्वास अफ्रिकी समाजमा व्याप्त छ ।