साउदी अरव सहित खाडी देश जानु अघी जान्नै पर्ने कुरा!!!
यदि तपाइँ साउदी अरव लगायतका खाडी देशमा बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने केही कुरा ध्यान दिनुस्!
खाडी मुलुकमा धेरै नेपाली अन्याय र अत्याचारमा परेका छन् । त्यहाँको कानूनी ब्यवस्था नबुझ्दा पनि कतिपय नेपालीले धेरै दुःख पाएका छन् ।
साउदी लगायत खाडी देश जानु अघि जहिले पनि आफू जान लागेको कम्पनीको प्रोफाइल कस्तो हो, भनिएको सुविधा पाउने आधार के छन्, भिसा दिलाउने कम्पनी सरकारबाट मान्यता प्राप्त हो कि होइन भन्ने कुरा राम्रोसँग बुझ्न जरुरी हुन्छ ।
आधारभूत कुरा नबुझी खाडी राष्ट्रमा जाँदा हजारौं अन्य मानिस जस्तै तपाइँको जीवन नारकीय बन्न सक्छ । हजारौं मानिस अरव पुगेर नरक जस्तै जिन्दगी जिउन बाध्य भएका छन् ।
खाडी देश जानका लागि टिकट लिनु अघि अरवमा रहका चिनजानका ब्यक्तिलाई भनेर सम्भावित कम्पनी र रोजगारीबारे जानकारी लिनुस् ।
खाडी मुलुकमा धेरै नेपाली अन्याय र अत्याचारमा परेका छन् । त्यहाँको कानूनी ब्यवस्था नबुझ्दा पनि कतिपय नेपालीले धेरै दुःख पाएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYL44Ah1Cx-iQA_qidik0Rf8dCNzHWQ_1nR3jzl2Hz0tf8VZVwIexT20K6ro6lL-hQQk6JbyC0Lav5eGUf98i147KekJPeOJEqRDlgYYkHAkPY3yZsXzJrHEHcBgy6GD3w-287_PNUdgI/s640/arab-employment.jpeg)
आधारभूत कुरा नबुझी खाडी राष्ट्रमा जाँदा हजारौं अन्य मानिस जस्तै तपाइँको जीवन नारकीय बन्न सक्छ । हजारौं मानिस अरव पुगेर नरक जस्तै जिन्दगी जिउन बाध्य भएका छन् ।
खाडी देश जानका लागि टिकट लिनु अघि अरवमा रहका चिनजानका ब्यक्तिलाई भनेर सम्भावित कम्पनी र रोजगारीबारे जानकारी लिनुस् ।
कतिपय एजेन्टहरुले खाडी देशमा ड्राइभर, खलासी, मेडिकल स्टोर किपर जस्ता रोजगारीको लोभ देखाएर सयौं मानिसलाई झुक्काउने गरेका छन् । यस्तै रोजगारीको लोभमा अरव पुगेर गाइ बाख्रा चराउने गोठालो बन्नु परेका उदाहरण धेरै छन् ।
खाडी देश जानु अघि आफू जान लागेको कम्पनीको प्रोफाइल कस्तो हो, भनिएको सुविधा पाउने आधार के छन्, भिसा दिलाउने कम्पनी सरकारबाट मान्यता प्राप्त हो कि होइन, एजेन्टले भनेकै रोजगारीमा लैजाँदै छ कि झुक्काउँदै छ भन्ने कुरा राम्रोसँग बुझ्न जरुरी हुन्छ ।