डिस्कोमा दुई युवतीहरुको अल्कोहलिक डान्सलाई निक्कै हट देखाउने प्रयास गरिएको छ । -


काठमाडौँ, १४ वैशाख, यही वैशाख १० गतेबाट हलहरुमा लाग्यो चलचित्र 'हाउ फन्नी' । दुई जासुस युवतीको कथामा हास्य मसला मिसाएर बनाइएको 'हाउ फन्नी' को एउटा आइटम गीत भने फिल्म रिलिज भएको दुई दिनपछि सार्वजनिक गरिएको छ । 'डिस्को डान्स...' बोलको सो गीत निक्कै रमाइलो रहेको छ । त्यसमा प्रियङ्काको डान्स हेरेर सबैले भन्छन् 'हाउ फन्नी' । सो गीतमा प्रियङ्कालाई नायिका केकी अधिकारीले पनि साथ दिएकी छिन् । डिस्कोमा दुई युवतीहरुको अल्कोहलिक डान्सलाई निक्कै हट देखाउने प्रयास गरिएको छ । 

यो आइटम गीतमा सुवानी मोक्तान र इन्दिरा जोशीको स्वर रहेको छ । शैलेन्द्र सिंहको शब्दलाई संगीत भरेका छन् शैलेन्द्र सिंह र शैलेस श्रेष्ठले । 

फिल्म 'हाउ फन्नी' मा प्रियङ्का कार्की र केकी अधिकारी सहित निशा अधिकारी, दयाहाङ राई, अनुप विक्रम शाही लगायतको मुख्य भूमिका रहेको छ । निलु डोल्मा शेर्पाले निर्देशन गरेको यो फिल्मलाई पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेकी हुन् ।