फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट-

फेसबुकबाट चिनजान भएको प्रेमिकासँग बिहे गरेर घरजाम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन् ।



गोरखा गुम्दा घर भएका ३१ वषिर्य शक्तिमान विकलाई फेसबुकबाट चिन जान भएकी भुकुन्डेबेसी २३ वषिर्य पिया थापाको नाटकमा अपहरण र लुटपाट गरेकी आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

व्यापारको लागि भनेर भेट्न बोलाएर सहयागी लगाई थापाले विकलाई अपहरण गराई पोसा र मोवाइल लुटपाट गराएकी हुन् । पिया उनका वास्तविक प्रेमी ललितिपुर इमाडोलका सन्तोष घिमिरेलाई प्रहरीले तीन साता अघि पक्राउ गरेको थियो ।

गत १४ फागुन बिहान ४ बजे विकको कोटेश्वरबाट अपहरण भएको थियो । विकको ५७ हजार नगद र दुईवटा सामसुङमोवाइल एटियम लगाएतका धनमान लुटिएको थियो ।