बन्ने भयो अग्निपथ २, निखिल उप्रेती दोहोरिने सम्भावना

डिया
एनपी, काठमाडौं, ८ बैशाख । एक समय नेपाली सिनेमा घरमा लगातार १०० दिनसम्म प्रदर्शन भएको चलचित्र अग्निपथको सिक्वेल बन्ने भएको छ । शोभित बस्नेतको निर्देशनमा अग्निपथ को सिक्वेल अग्निपथ २ निर्माण घोषणा भएको छ ।
सलोन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको अग्निपथ २ मा पहिलो सिक्वेलका नायक निखिल उप्रेती दोहोरिने सम्भावना देखिएका बेला पहिलो सिक्वेलका अर्का नायक विराज भट्टका बारेमा भने फिल्म यूनिटले कुनै निर्णय गरेको छैन् । अग्निपथबाट नै नायक विराज भट्ट रंगीन दूनियाँमा होमिएका थिए ।
अहिले गीत संगीत र कथाको काम भैरहेको अग्निपथ २ असारबाट फ्लोरमा जाने भएको छ । चलचित्रमा संगीत टंक बुढाथोकीको रहने छ भने एक्शन एन बि महर्जन र नूत्य रामजी लामिछानेको रहने छ ।