सोनाक्षीलाई तपाईको स्तन कस्तो छ भनेर सोधेपछि,जवाफ यस्तो आयो ...!
एजेन्सी। बलिउड नायिकाहरु आजभोली सामाजिक सचेतना अभियानमा भाग लिन असाध्यै रुची राख्छन् । नेपालमा आयोजना भएको अमरपंक्षी नामको सांस्कृतिक कार्यक्रमको लागि आएकी भारतीय अभिनेत्री सोनाक्षी सिन्हाले पनि समाजमा जागरण फैलाउने अभियानमा अग्रसरता देखाएकी छिन् ।
‘एले इण्डिया’ नामको पत्रिकाको तर्फबाट ब्रेस्ट क्यान्सर बारे सचेतना जगाउन आयोजना गरिएको क्याम्पेनमा सोनाक्षिले सक्रिय सहभागिता जनाएर महिलाहरुलाई हुने स्तन क्यान्सर बारे सचेतना फैलाउन अनुरोध समेत गरेकी छिन् ।
‘ह्वाट डु यु कल योर बुब्स ‘ नामको यो क्याम्पेनको लागि सोनाक्षीले भिडियो म्यासेज पनि रेकर्ड गराएकी छिन् । ‘वाट डु यु कल योर बुब्स’ भन्ने प्रश्न जब सोनाक्षीलाई सोधियो तब उनले जवाफ दिईन – ‘नकर्स(knocker)’।
ब्रेस्ट र त्यो संग सम्बन्धित समस्याका कारण अधिकतम महिलाहरु खुलेर आफ्ना कुराहरु राख्दैनन् र ब्रेस्ट क्यान्सरको शिकार हुने गरेका छन् । यो भिडियोमा सोनाक्षी सिन्हा समेत कैयौं अभिनेत्रिहरु ब्रेस्ट क्यान्सरको बारेमा सचेतना फैलाउने काम धेरै नै चुलबुले तरिकाले गरिरहेका देखिन्छन् ।भिडियोको अन्त्यमा सोनाक्षी सिन्हा भन्छिन् , “तपाईलाई जे ईच्छा लाग्छ, आफ्नो बुब्सको बारेमा भन्नुस र त्यसको ख्याल राख्नुस् ।” सोनाक्षी बाहेक अन्य भारतीय अभिनेत्रीहरुले पनि आफ्नो बुब्सको बारेमा फरक फरक नाम दिएका छन्। नेपाल शन्देसबाट