किन राख्छन् धेरै मध्यम वर्गका जोडीले यौन सम्बन्ध ?

मिडिया एनपी, काठमाडौं । यौन सम्बन्ध सबै प्राणीका लागि निकै आवश्यक मानिन्छ । यौन बिनाको जीवन कल्पना बाहिरको कुरा हो । कुन वर्गका व्यक्तिले कत्तिसम्म यौन सम्बन्ध राख्छन् भने एकीन नभइ रहेका बेला हालै सार्वजनिक भएको एक अध्ययनले भने मध्यम वर्गका मानिसले अरुको तुलनामा बढी यौन सम्बन्ध राख्ने तथ्य बाहिर ल्याएको छ ।
समाजमा सबै भन्दा बढी यौन सम्पर्क मध्यम वर्गका मानिसले गर्ने उक्त अध्यनको दावी छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डेडिड स्पाइगेहाल्टरले प्रकाशित गरेको अध्ययनमा आधारित ‘सेक्स बाइ नम्बर्स’ पुस्तकामा उक्त कुरा उल्लेख गरिएको हो । उक्त अध्ययनले पछिल्लो समय मानिसहरु यौन सम्बन्ध समेत कम राख्न थालेको समेत बताएको छ ।
सजिलै अश्लील सामाग्रीको उपलब्धता र खुला बन्दै गएको समाजका कारण पनि यौनको मामलामा पहिलेको तुलनामा मानिसहरुको आकर्षण कम हुँदै गएको अध्ययनको निष्कर्ष छ ।
मध्यम वर्गका जोडीहरुले सबै भन्दा नियमित यौन सम्बन्ध राख्ने गरेको दावी गरिएको उक्त अध्ययन पुस्तकमा धेरै उच्च घराना र निम्न वर्षमा यौनको आकर्षण कम भएको उल्लेख गरिएको छ ।
अध्ययनका क्रममा अधिकांश पुरुषले आफूले कम्तिमा १४ जना महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गरेको तथा यसको तुलनामा महिलाहरुले अझै बढीसँग यौन सम्पर्क राख्ने गरेको बताएको उक्त अध्ययनले भनेको छ ।
परस्त्रीसँगको यौन सम्बन्धका बारेमा पुरुषले आफ्ना साथीभाइलाई भन्ने गरेको भए पनि महिलाले भने यस विषयलाई गोप्य राख्ने गरेको पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।