कतारको दुर्घटनामा एक नेपालीसहित चारको मृत्यु

काठमाडौं: कतारमा भएको सडक दुर्घटनामा एकजना नेपालीसहित चारजना आप्रवासी कामदारको ज्यान गएको छ।
कतारको अलखोरमा बुधबार भएको दुर्घटनामा चितवनका सुकबहादुर लामाले ज्यान गुमाएका हुन् । 
दुर्घटनामा झापाका मदन पौडेल गम्भीर घाइते भएका छन् । उनीसहित अन्य घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । 
तीब्र गतिमा रहेको कतार सेक्युरिटी सर्भिस कम्पनीको गाडीको टायर पञ्चर भएर दुर्घटनामा पर्दा नेपालीसहितको ज्यान गएको बताइएको छ । 
यो दुर्घटनामा दुई जना केन्या र एकजना युगान्डाका नागरिकका पनि ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाएका र घाइते नेपाली युवा काठमाडौंको तीनकुनेस्थित प्रोडेन्सियल ओभरसिजबाट रोजगारीका लागि कतार पुगेका थिए ।
बुधबार बिहान पौने सात बजेको समयमा यो दुर्घटनामा भएको हो । घाइतेहरुलाई तत्कालै हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरी उपचार जारी छ । 
- See more at: http://annapurnapost.com/News.aspx/story/50124#sthash.KQiL5hQo.dpuf