मिडिया एनपी, झापा, १७ माघ । झापाको बिर्तामोडमा रहेको एक होटेलमा एक जना पुरुष मृत फेला परेका छन् । बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलको कोठा नम्बर २०७ मा झापा सुरुङ्गा ५ का ५० वर्षीय मनोरथ पाठक शनिबार मृत अवस्थामा भेटिएका प्रहरीको भनाइ छ ।
यही माघ माघ ११ गतेदेखि उक्त होटलमा एक अपरिचित महिलासँग बस्दै आएका पाठक शनिबार मृत अवस्थामा फेला परेका हुन । उनी मृत अवस्थमा देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएसँगै उक्त घटना बाहिर आएको हो । तर, पाठकसँग बस्दै आएकी युवती भने फारर रहेको बताइएको छ । फरार महिलाको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
कोठाको ओछ्यानमा मृत भेटिएका पाठकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको हुँदा उनको मृत्युको कारण हत्या हो कि होइन अहिल्यै भन्न नसकिने प्रहरीको भनाइ छ । परीक्षण गर्न शवलाई मेची अञ्चल अस्पताल लगिएको छ
६ दिन होटेलमा सँगै बसेका पुरुषको मृत्यु, युवती भने फरार!!!