लोडसेडिङ फेरि बढ्यो, अब हप्तामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि बढाएको छ।

सोमबारदेखि लागू हुने गरी हप्तामा ९३ घन्टा लोडसेडिङ हुने विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।