आलसले गर्छ सेक्स समस्याको निदान, प्रयोग गरौं यसरी
काठमाडौं । प्राकृतिक जडीबुटीले शरीरलाई स्वस्थ राख्न मात्रै होइन कयौं रोगको औषधिको रुपमा पनि लिन सकिन्छ । आजको समयमा प्राकृतिक जडीबुटीको अति नै उपयोगी र महत्व छ कि यसको सकारात्मक प्रभाव पनि निकै हुने गर्छ । यसले साइड इफेक्ट गर्दैन । आलस एक यस्तो जडीबुटी हो जो ओमेगा ३ फैटी एसिडको महत्वपूर्ण श्रोत पनि हो ।
यो तपाईंलाई पनि थाहा छ कि शरीर चुस्त–दूरुस्त राख्नमा ओमेगा ३ फेटी एसिडको निकै महत्वपूर्ण योगदान रहन्छ । आलस (फ्लैक्सिड)ले सेक्स समस्याको निदान गर्न सक्छ । आलस कसरी प्रयोग गर्ने र यसको प्रयोगबाट सेक्स समस्याबाट कसरी छुट्कारा पाउन सकिन्छ ? जानौं ।
आलस के हो ?
आलस एक जडीबुटी हो जसमा लिनोलेनिक नामक एसिड पाइन्छ । यो ओमेगा ३ फैटी एसिडको महत्वपूर्ण श्रोत पनि हो । यसको प्रयोगले व्यक्तिको प्रोटेस्ट क्यान्सर जस्ता गम्भीर रोग लागेका बिरामीलाई बचाउने गर्छ ।
आलसको प्रयोग
– पुरुषको बढ्दो उमेरमा हुने प्रोटेस्ट क्यान्सर सेक्स समस्याको मूख्य कारक हो । प्रोटेस्ट क्यान्सबाट ब्लड क्यान्सरको खतरा बढ्न सक्छ । आलसको सेवनले सेक्स समस्याको मात्रै समाधान गर्दैन क्यान्सर जस्ता रोगको औषधिको काम पनि गर्छ ।
– आलसको चूर्ण, चक्कीका रुपमा या खानासँग मिलाएर पनि यसको सेवन गर्न सकिन्छ । तर, आलसको सेवन गर्नुभन्दा अघि चिकित्सकसँग सम्पर्क गर्न र यसको सेवनको लागि सल्लाह लिनु आवश्यक हुन्छ । जब सम्म सेक्स समस्याबाट छुट्कारा पाइँदैन तब सम्म आलसको प्रयोग गरिरहनुहोस् ।
– आलस एक प्राकृतिक तत्व हो । हर गुणकारी चीजको फाइदा त हुन्छ नै साथै बेफाइदा पनि हुन्छ । यस कारण अलैंचीको प्रयोगले तपाईंलाई साइड इफेक्ट नभए चिकित्सकसँग सल्लाह गर्न अति जरुरी हुन्छ ।
– अलैंचीको सेवनबाट तपाईं कुनै सेक्स समस्या अर्थात चाँडै उत्तेजित हुने, सेक्सका बेला नर्भस हुने, शारीरिक दुर्बलता हुने, सेक्समा रुची कम हुने, बारम्बार गर्भपतन हुने, स्तनपानका बेला दूध नआउने, आदी समस्याबाट दैनिक आलस सेवन गरे छुट्कारा पाइन्छ ।
के भन्छ अनुसन्धान
हालै भएको एक अनुसन्धानले पनि यसको पुष्टि गरेको छ कि आलसको सेवनबाट तमाम सेक्स समस्याबाट छुटकारा पाउन सकिन्छ । अनुसन्धानका अनुसार यदी कसैलाई केही सेक्स समस्या छ भने यसको मुख्य कारण हो कोशिकाहरुमा रक्तसञ्चार नहुन । जब सेक्स समस्याका क्रममा आलसको प्रयोग गर्ने हो भने तपाईंको रक्त वाहिनी खुल्छ र विस्तारै रक्त वाहिनीमा रक्त सञ्चार पनि बढ्दै जान थाल्छ । जसलाई सेक्समा रुची छैन उसलाई पनि उत्तेजना बढाउने कार्यमा आलसको महत्वपूर्ण भूमिका हुने अनुसन्धानमा उल्लेख गरिएको छ ।