विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङ स्पेनी क्लबमा अनुबन्धित http://www.nayakhabar.com/2016/02/213456_84.html

काठमाडौं ।  स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी औपचारिक रुपमा अनुबन्धित गरेको आफ्नो फेसबुक पेज मार्फत जनाएको छ ।

विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई औपचारिक रुपमा अनुबन्धित गरेको भन्दै  खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको बताएको हो ।