उत्तर कोरियाले लामो दुरीको मिसाइल रकेट परिक्षण गरेको छ। यो परिक्षण प्रतिबन्धित मिसाइल प्रविधिको उल्लघंन भएको उत्तर कोरियाली आलोचकले बताएका छन्।
दक्षिण कोरियाले यो मिसाइल उत्तर कोरियाको उत्तर पश्चिम बेसबाट छोडेको बताएको छ। यो जापानको दक्षिणी ओकिनावा द्वीपको माथीबाट पार भएर गएको थियो।
अमेरिका, जापान दक्षिण कोरियाले यसमा कडा आपत्ति जनाउँदै आइबार नै संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन अनुरोध गरेको छ।
उत्तर कोरियाले अमेरिकासम्म प्रहार गर्न मिल्ने परमाणु हतियार बिकसित गरेको विश्वेषकहरुले अनुमान लगाउँदै आएका छन्।
संयुक्त राष्ट्र सुरक्षा परषदको प्रस्तावमा उत्तर कोरियामाथी कुनै पनि प्रकारको परमाणु हतियार वा ब्यालेस्टिक मिसाइल परिक्षणमा प्रतिबन्ध लगाइएको थियो।
जापानका प्रधानमन्त्री सिन्जो आबेले यसलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको उल्लघंन बताएका छन्।
उत्तर कोरियाले यो भन्दा पहिले पृथ्वीको तल्लो कक्षमा एक उपग्रह स्थापित गर्ने बताएको थियो।
उत्तर कोरियाले प्रहार गर्यो लामो दुरीको रकेट, जापानको माथीबाट गयो अमेरिका जापान र दक्षिण कोरियाको यस्तो तयारी