क्याट्रिना र रणवीरको ब्रेकअपको खबरले मिडिया तातिरहँदा क्याट्रिनाले निकै अनौठो प्रतिक्रिया दिएकी छिन्। क्याट्रिना त भन्छिन्, न त उनको ब्रकअप भएको हो, न त उनी कुनै सम्बन्ध मै थिइन।
एक भारतीय टिभी च्यानलमा अन्तर्वार्ताको क्रममा रिपोर्टरले क्याट्रिना र रणवीरको ब्रेकपको बारेमा प्रश्न गरेपछि क्याट्रिनाले यस्तो घुमाउरो कुरो गरेकी हुन। रिपोर्टको प्रश्वमै प्रतिप्रश्न गर्दै उनले भनिन, ‘कसले भन्यो मेरो ब्रेकअप भयो? मैले भनेको छैन कि मेरो ब्रेकअप भयो वा मैले भनेको छैन कि म कसैको साथमा छु’।
यो कार्यक्रममा तब्बु पनि संगै थिइन। १२ फेब्रुअरीमा रिलिज हुने लागेको फिल्म ‘फितुर’ को प्रमोशनको लागि पुगेकी क्याट्रिनाले रणवीर सम्बन्धित प्रश्नको खुलेर जवाफ नै दिइनन।
जब उनीसंग सोधियो की यो पटकको भ्यालेन्टाइन को संग मनाउछिन्, उत्तर दिनु पूर्व उनले तब्बुलाई सोधिन कि तब्बु भ्यालेन्टाइन डेमा एक्लै छिन् कि कसैको साथमा छिन्? तब्बुले जब आफु सिङ्गल भएको बताइन तब हात समात्दै क्याट्रिनाले भ्यालेन्टाइन डेमा तब्बुसंगै समय बिताउने बताइन।
सन् २०१६ को सुरुवात बाट नै रणवीर र क्याट्रिनाको ब्रेकअपको खबरले चर्चा पाएको थियो। जनवरीको पहिलो हप्ता क्याट्रिनासंग संगै बस्दैआएको अपार्टमेन्ट रणवीरले छोडेका थिए। यो जोडीको ब्रेकअप पुष्टी गर्ने धेरै खबर आएपनि क्याट्रिना र रणवीर स्वयमले भने यसबारेमा खुलेर बोलेका छैनन
क्याट्रिनाको प्रश्नले बलिउडमा खैला बैला रणबीरसँग ब्रेकअप भन्नेहरुलाई क्याट्रिनाले गरिन् जवाफ दिन नसक्ने प्रश्न पढ्नुस् उनको जवाफ र भ्यालेन्टाइन योजना