साउदीमा नेपाली कामदारलाई कार उपहार
साउदी अरब, २७ माघ । वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् ।
तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।
साउदीबाट नेपाल पैसा पठाउने ग्राहकलाई लक्ष्यित गरेर लक्ष्मी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेससँगको सहकार्यमा टेलिमनीले ल्याएको बम्परमा कार उपहार योजनाअन्तर्गत विश्वकर्मा कार जितेका हुन् ।
कार विजेता विश्वकर्मालाई रियादमा एक कार्यक्रमबीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले साँचो हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा १० जनालाई सामसुङ स्मार्ट मोबाइल, १२ जनालाई लेनोभोको ट्याबलेटसमेत हस्तान्तरण गरिएको थियो ।
कम्पनीले दसैं तिहारको अवसर पारेर ल्याएको सो उपहार योजना लक्की ड्रमार्फत विजेता घोषणा गरेको हो ।
साउदी अरबबाट नेपालमा पैसा पठाउँदा कार उपहार दिने टेलिमनी नै पहिलो भएको साउदीका लागि टेलिमनीका कन्ट्री म्यानेजर जितेन्द्र थपलियाले बताउनुभयो ।
साउदीमा केन्द्रीय कार्यालय रहेको टेलिमनीले विगत ११ वर्षदेखि साउदी अरबको दम्माम, रियाद, अल कसिम, जेद्दालगायतका सहरबाट सरल र सहज ढङ्गबाट नेपालमा पैसा पठाउने सेवा दिँदै आएको छ । रासस
तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZZbBUR4Gr0fHDZu8Vv5aIXiE4bF1ZPKVoCalaD-jXekyvcSUJZazBGLmV04_0icJJNTDQTW0Uu5XPbvAI4ivKRXovt_rPQKrvF1q-k6frofoWA06vm6Y52jlWKu26Nxmq_3KrO8hGvccm/s1600/12650433_979423612093449_1636737211_n.jpg)