गर्लफ्रेन्डको ‘चक्कर’ थाहा पाउन हातको यो रेखा आफै हेर्नुहोस

माघ, गन्थन नेपाल । हातका रेखाले धेरै कुरा बताउँछ । कुनै मानिसको कहिले बिहे हुन्छ, कति बच्चा हुन्छन्, जागिर कस्तो हुन्छ ? यी सबै कुराहरु हस्तरेखामा हुन्छ । बस्, त्यसलाई ठीकसँग हेर्न जान्नुपर्ने हुन्छ । कयौंपटक केटाहरु आफ्नो प्रेमिकाप्रति शंका गर्दछन्, पहिला उनको कसैसँग सम्बन्ध थियो कि ? यस्तो सोचले सम्बन्धमा खटपट पनि पैदा हुन्छ । यसकारण यस्तो आशंका हटाउनु सम्बन्धका लागि फाइदाजनक हुन्छ ।
यसको लागि तपाईले केवल उनको हातको विशेष रेखाहरु हेर्नुपर्छ र उनको वास्तविक स्थिति पत्ता लगाउन सकिन्छ । ज्योतिषहरुका अनुसार हातको रेखालाई व्यक्तिको ऐना मानिन्छ जसको आधारमा व्यक्तिको चरित्रलाई पत्ता लगाउन सकिन्छ । हातमा बनेका यिनै रेखाहरुमा एक रेखा हो विवाह रेखा । विवाह रेखालाई हेरेर कस्तो व्यक्ति वा महिलाको कतिपटक विवाह हुन्छ र उनको कति मानिससँग चक्कर थियो भन्ने पत्ता लगाउन सकिन्छ ।

विवाह रेखा हातको कान्छी औंलाको ठीक तल बुध पर्वत भनिने भागमा हुन्छ । यहाँ माथिको चित्रमा देखाइएजस्तै गोलोको भित्र पर्दछ । यो एकआपसमा काटिएको हुन्छ । हस्तज्योतिषहरुका अनुसार यदि यहाँ जति रेखाहरु हुन्छन्, त्यो व्यक्ति वा महिलाको त्यतिजनासँग प्रेम प्रसंग चलेको हुन्छ । यदि बुध पर्वतमा बनेको यो रेखा टुंगिएको वा काटिएको छ भने विवाहपछि सम्बन्ध विच्छेद वा प्रेम सम्बन्धमा गडबडी आउने सम्भावना रहन्छ । यति मात्र होइन यो रेखाले तपाईंको दाम्पत्य जीवनको बारेमा पनि बताउँछ ।

यदि त्यहाँको रेखा तलतिर गएको हुन्छ भने पारिवारिक जीवनमा अत्यधिक समस्याहरु सामना गर्नुपर्दछ । यदि कुनै व्यक्तिको देव्रे हातमा दुई विवाहको रेखाहरु छन् तथा दायाँ हातमा एक मात्रै विवाहको रेखा छ भने पत्नीले उनलाई अत्यधिक प्रेम गर्दछिन् । साथै श्रीमानको सामान्यभन्दा सामान्य कुराको पनि ध्यान दिन्छिन् । यदि कसैको हातमा विवाहको रेखा माथितिर गएको छ र कान्छी औंलासम्म पुगेको छ भने यस्ता व्यक्तिको विवाहमा धेरै लफडाहरु आउँछन् । यस्ता मानिसहरु धेरैपटक अविवाहित रहने सम्भावना हुन्छ ।

यदि कसैको हातमा विवाह रेखा अगाडि गएर दुई भागमा बाँढिएको हुन्छ भने त्यस्ता मानिसको वैवाहिक जीवनमा गतिरोध आउँछन् । पति–पत्नीको बीच सम्बन्धमा तनाव सृजना हुन्छ । कसैको हातमा विवाह रेखाको अन्तिममा त्रिशुलजस्तै चिन्ह देखिन्छ भने यस्ता मानिसहरु प्रेममा जुन हदसम्म पनि जानसक्छ भन्ने मान्न सकिन्छ । यद्यपि प्रेममा यस्ता मानिस केही वर्ष खरानीजस्तै तात्ने अनि सेलाउने प्रवृत्तिका हुन्छन् । यदि विवाह रेखाको सुरुमै कुनै टापुजस्तो चिन्ह देखिन्छ भने उक्त स्त्री वा पुरुष अवैध सम्बन्धमा हुनसक्छन् । तर यदि विवाह रेखाको सुरुमा तील छ भने उसको जीवनुसाथीलाई ठूलै खतरा आउनसक्ने सम्भावना हुन्छ ।