भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई ८० मेगावाट बिजुली उपहार दिएका छन् । भारतले दिएको थप ८० मेगावाट विजुलीले लोडसेडिङ घट्ने भएको छ

भारतले नेपाललाई ८० मेगावाट थप बिजुली दिएको छ । दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमनन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तामा भारतले ८० मेगावाट बिजुली दिएको हो ।

यो बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।