उत्तर कोरियाबाट दक्षिण कोरियामाथि गोलाबारी!!!

एक महिनाको बीचमा उत्तर कोरियाले पहिले हाइड्रोजन बम परीक्षण गर्यो लगत्तै उत्तरले मिसाइल परीक्षण गरेपछि दुबै देशबीच तनाव बढ्दै गएको छ ।

केही दिनअघि दक्षिण कोरियाले अमेरिकी सेनासँग प्रत्येक वर्ष हुने संयुक्त सैन्य अभ्यास गर्ने फैसला गरेको थियो ।

दक्षिणले अमेरिकासँग मिलेर सैन्य अभ्यास गर्ने ठूलो फैसला गरेपछि यी दुई देशबीचको चनाव झनै चुल्लिएको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताए अनुसार एलो सागरमा विवादित समुद्री सीमानजिकै शनिबारा दक्षिणमाथि गोलाबारी गरेको हो ।

'रकेट समुद्री सीमाको उत्तरी भागमा खसेको देखिएको छ, तर कुनै नोक्सान भने भएको छैन', उनले भनेका छन् 
योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाला रकेट प्रहार गरेपछि येओनपेयोङ्ग द्वीपका बासिन्दा त्रसित भएका छन् । उनीहरु त्यहाँबाट सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्