जाट अान्दोलन हिंसात्मक बन्दै, झडपको क्रममा १० जनाको मृत्यु, हेलिकप्टरबाट सेना परिचालन गर्ने तयारी!!!

आन्दोलनकारी र सुरक्षाकर्मी बिचको झडपमा अहिलेसम्म १० को मृत्यु भइसकेको छ।
आइतबार हरियाणाबाट आन्दोलन दिल्ली र पश्चिमी युपीमा फैलिएको छ।
दिल्लीबाट चन्दिगढको सडक र रेलमार्ग बन्द भएका छ। सोनीपतमा आन्दोलनकारीले प्रहेरी चौकीमा आगजनी गरेका छन् भने सोनीपतकै एक कजेलमा तोडफोड र आगजनी भएको छ।
रक्षा मन्त्री मनोहर पर्रिकर र सेना प्रमुख दलबीर सिंह बीच बैठक पश्चात हेलिकप्टरबाट प्रभावित इलाकामा सेना परिचालन गर्ने निर्णय भएको बताइएको छ। आन्दोलनकै क्रममा पूर्व मन्त्रीको गाडीमा समेत आगजनी भएको छ।
सबैभन्दा प्रभावित रोहतक जिल्ला भने अहिले शान्त रहेको छ। मानिसहरुले आन्दोलनकारीबाट बच्न मोर्चाबन्दी गरेको खबर छ। हरियाणाकै जीन्द, पानीपत, सोनीपत, भिवानी, कैथल, झज्जर जिल्लामा हिंसात्मक आन्दोलन पश्चात कर्फ्यु जारी छ।

पछिल्लो दुई दिनमा सो क्षेत्रका ५०० रेल प्रभावित भएका छन्। आन्दोलनको कारण हरियाणा, दिल्ली र अन्य राज्यका कारखानामा कच्चा पदार्थ पुग्न सकेको छैन। मानेसरस्थित मारुती गाडीको कारखानाको काम पनि ठप्प भएको छ। मारुतीले गुडगाउँको कारखाना पनि बन्द गरेर ५ हजार ५ सय स्थाय र ८ हजार अस्थायी कर्मचाीलाई बिदामा पठाएको छ।
जाट आन्दोलन के हो?
आफ्नो समुदायको लागि ओबीसी कोटामा आरक्षण मागेको जाट समुदायको माग प्रति हरियाणा सरकार सहमत छैन। मुख्य मन्त्रीले पछडियका समुदायको लागि १० प्रतिशत कोटा दिने घोषणा गरेका थिए। तर जाट नेताहरुले यो प्रस्ताव टुक्र्याएपश्चात तनाव बढेको थियो