आज हुन सक्छ ओलीका लागि भारत भ्रमणकै सबैभन्दा कठिन दिन नाकाबन्दीको समयमा भारत विरुद्ध उग्र बोलेका ओलीलाई र्‍याख र्‍याख पारिने सम्भावना पढ्नुस्!


ओली हेलिकोप्टरबाट तहरी हाइड्रो पावरको निरिक्षण गर्न गर्न जाने कार्यक्रम छ । हाइड्रो पावर प्रोजेक्टको निरक्षिणबाट फर्केपछि प्रधानमन्त्री ओलीले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् 
आज हुन सक्छ सबैभन्दा कठिन समयः

आज दिउसो ४ बजे नेपाली दूतावासमा प्रधानमन्त्री ओलीले मिडिया अन्तरक्रिया र नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । मिडिया अन्तरक्रियामा ओलीलाई जटिल प्रश्नको सामना गर्नु पर्ने अनुमान गरिएको छ । मिडिया अन्तर्क्रियामा भारतीय मिडियाका प्रतिनिधीले ओलीलाई चाइना कार्ड देखि भारत विरुद्ध दिएका ओलीलाई कठिन कठिन प्रश्न सोध्ने अनुमान गरिएको छ ।

भारत उड्नु अघि नै ओलीले काठमाडौंमा समेत जटिल प्रश्नको सामाना गरेका थिए । नाकाबन्दीको विषयलाई लिएर भारतविरुद्ध चर्का अभिब्यक्ति दिएका ओलीलाई भारतीय पत्रकारको कडा प्रहार खेप्नु पर्ने नेपाली सञ्चारकर्मीहरुले बताएका छन् ।


भोली सोमबार प्रधानमन्त्री ओलीसँग भारतीय ऊर्जाराज्यमन्त्रीले शिष्टाचार भेट गर्नेछन् । सोही दिन उनीसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता हुनेछ ।


सोमबार नै प्रधानमन्त्री ओलीले भारतको विश्व सम्बन्ध परिषदलाई सम्बोधन गर्नेछन् । सोमबार साँझ ६ बजे प्रधानमन्त्री ओलीले भारतीय उद्योगी ब्यवसायीलाई सम्बोधन गर्नेछन् ।



मंगलवार प्रधानमन्त्री ओली गुजरातको भुजस्थित पुनर्निर्माण परियोजनाको निरिक्षण गर्न जानेछन् । पुनर्निर्माण निरिक्षणपछि प्रधानमन्त्री ओली साँझ मुम्बई जानेछन् । मुम्बईमा महाराष्ट्रका गभर्नरले प्रधानमन्त्रीको सम्मानमा रात्रीभोज आयोजना गर्नेछन् । १२ गते बुधवार प्रधानमन्त्री ओलीले मुम्बइका उद्योगी ब्यवसायीहरुसँग छलफलल गर्नेछन् । त्यसै दिन उनी नेपाल फर्किने कार्यक्रम छ ।

छलफलपछि बुधवार साँझ ५ वजे प्रधानमन्त्री ओली काठमाडौंका लागि प्रस्थान गर्नेछन्