अमेरिकाले नेपाललाई दिँदै आएको सहयोगमा चार गुणाले वृद्धि गर्ने प्रस्ताव
अमेरिकाले नेपाललाई दिँदै आएको सहयोगमा चार गुणाले वृद्धि गर्ने प्रस्ताव गरेको छ । वैशाखमा आएको भुकम्पपछिको पुनर्निर्माणलाई मध्यनजर गर्दै अमेरिकाले आफ्नो वार्षिक सहयोग ६ करोड ४० लाख अमेरिकी डलर अर्थात ६ अर्ब ४० करोड रुपैयाँ पु¥याउने तयारी गरेको अमेरिकि सञ्चार एजेन्सीले जनाएको छ ।
अमेरिकी कंग्रेसमा अक्टोबर १ बाट सुरु हुने नयाँ आर्थिक वर्ष २०१६–१७ का लागि वार्षिक बजेट पेश गर्दै विदेश मन्त्री जोन केरीले नेपालको आर्थिक सहायता कोषमा दिने रकममा उच्च वृद्धि गर्न प्रस्ताव गरेका छन् । विनाशकारी भूकम्पपछि नेपालमा सर्वसाधारण जनताका घर तथा विद्यालयहरुको पुनर्निमाणमा सहयोग गर्न र आर्थिक वृद्धिलाई उकास्नका लागि सहयोग पुग्ने बताउँदै विदेश मन्त्रालयले बजेटसम्वन्धी प्रस्ताव पारित गरेको अमेरिकि सञ्चार एजेन्सीमा खबर छ । विदेश मन्त्रालयले तीन करोड ९७ लाख अमेरिकी डलर अर्थात करिब चार अर्ब रुपैयाँ यूएसएआइडीको विश्व स्वास्थ्य कार्यक्रममार्फत नेपाललाई दिने प्रस्ताव अघि सारेको एनेन्सीले जनाएको छ ।