धेरैलाई यस्तो समस्या आउन सक्छ। कसैले झुक्किएर फोटोहरू डिलिट गर्ने गर्छन् भने कसैले थाहा नै पाउँदैनन् कि फोटो कसरी हरायो भनेर।
तर नआत्तिनुस्, सबै यसको समाधान पनि छ। तपाईँको एण्ड्रोइड मोबाइल अथवा ट्याबलेटबाट हराएका फाइलहरूलाई फेरि फिर्ता ल्याउन सक्नुहुन्छ।
एण्ड्रोइडबाट हराएको फाइल कसरी फिर्ता ल्याउने?
१. यदि फोनको मेमोरी कार्डबाट फाइल हराएको भएः
क. यदि तपाईँको फोनको मेमोरी कार्डबाट फोटो अथवा कुनै फाइलहरू हटेको भए, मेमोरीकार्ड झिक्नुहोस् र कार्ड एडप्टरको माध्यमबाट कम्प्यूटरमा जोड्नुहोस्।
ख. त्यसपछि, कम्प्यूटरमा ‘रिकुभा’ (Recuva) सफ्ट्वेयर डाउनलोड गर्नुहोस्। यसले तपाईँको हराएको फाइललाई फिर्ता ल्याउन मद्दत गर्दछ।
ग. रिकुभा सफ्ट्वेयर डाउनलोड गरेर त्यसलाई खोल्नुहोस्।
घ. यो सफ्ट्वेयरमा सबैभन्दा सुरुमा गर्नुपर्ने काम भनेको हराएको ‘फाइलको प्रकार’ छनौट गर्नु हो। यदि तपाईँको फोटो हराएको भए ‘पिक्चर्स’, भिडियो हराएको भए ‘भिडियोज’ अनि म्यूजिक हराएको भए ‘म्यूजिक’ छनौट गर्नुहोस्।
फोनबाट तस्विर हराए भने के गर्ने ? यस्तो छ फोनबाट फोटो हरायो भने फिर्ता ल्याउने सजिलो तरिका!