बहिनीको डिभोर्सको पिडा भुल्न नपाउँदै सलमान खानलाई अर्को बज्रपात, भाई अरबाजको पनि डिर्भोस!!!

एजेन्सी । बलीउडमा लभ अफेयर्स, बिहे डिभोर्स सामान्य बन्दै गइरहेका बेला चर्चित जोडी अरबाज खान र मलाइका अरोराको पनि वैबाहिक जिवनको दुखद खबर आएको छ । भारतीय मिडियाले उनीहरको डिर्भोस भएको जनाएको छ ।

रणविर र क्याटरिना, फरहान र अधूना पछि अरबाज(मलाइकाको डिर्भोसको खबरले फेरी एक पटक बलीउड तात्तीएको छ । सलमानका भाई अरबाजले लामो समय डेटीगंमा रमेर १८ वर्ष लामो वैबाहिक बन्धनलाई यो जोडीले अन्त्य गरेको खबरले अरबाज र मलाइकाका शुभचिन्तक तथा फ्यानहरुलाई समेत दुखित तुल्याएको छ । यद्यपी उनीहरुले यो सम्बन्धका बारेमा अहिले केही बोलेका भने छैनन ।

 यसअघि गतवर्ष सलमानकी बैनी श्वेता रोहिराको डिभोर्सको पिडा भुल्न नपाउादै खान परिवारले अर्को पिडा झेल्न बाध्य भएको छ । श्वेता र पुलकित सम्राटको वेबाहिक सम्बन्ध १ वर्ष पनि टिक्न सकेन । आफ्नी प्यारी बहिनीको डिभोर्सको पिडा झेलीरहेका अविबाहित सलमान खानलाई यो खबरले निक्कै दुखी तुल्याएको छ । सन् १९९८ मा लगनगाँठो कसेका उनीहरुका १४ वर्षका १ छोरा छन् ।

 अरबाज बलीउडमा अविबाहित रहेर पनि बढी प्रेम रोमान्स र हंगामा मच्चाउँदै आएका नायक सलमान खानका भाई हुन् । सलमानले दबंग चलचित्रमा मुन्नी बदनाम हुई डालींग तेरे लिएमा मलाइकासँग गरेको आइटम संगको अहिले पनि विश्वभर चर्चा हुनेगर्छ