'कोल्डप्ले'को भिडियोमा सोनाम कपूरको उपस्थितिलाई उडाइयो खिल्ली ४ दिनमा १ करोड ३६ लाखले हेरिसके भिडियो...!

रकब्याण्ड ‘कोल्डप्ले’को म्युजिक भिडियो ‘हिम्न फर द विकेण्ड’मा सोनाम कपूर देखिएपछि उनको खुबै चर्चा चलेको छ। भिडियोमा मुस्किलले ५ सेकेन्ड देखिएकी सोनमको चर्चा भने सकारात्मक चलेको छैन।

सोनामले शनिवार साँझ ट्वीट गर्दै भनेकी थिइन्, “नातिनातिनाहरूलाई कथा सुनाउँदा म पनि कोल्डप्लेको भिडियोमा खेलेकी थिएँ भनि सुनाउनेछु।”

तर, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले भने उनको यति थोरै समयको उपस्थितिले गर्दा खुलेरै खिल्ली उडाइरहेका छन्।

जनवरी २९ देखि फेब्रुअरी १ सम्म १ करोड ३६ लाख भन्दा बढिले यो भिडियो हेरिसकेका छन्, तैपनि किन सोनामको खिल्ली उडाइयो?

यसमा अमेरिकी पप गायिका बियोन्सेको साथै भारतिय संस्कृतिलाई देखाइएको छ।
सोनामले ब्रिटिस ब्याण्ड ‘कोल्डप्ले’को नयाँ भिडियोमा काम गरिरहेको पहिल्यै पनि चर्चा भएको थियो।
‘अ हेड फूल अफ ड्रिम्स’ एल्बमको ‘हिम्न फर द विकेण्ड’ गीतमा उनको राम्रै भूमिका हुने सबैले आशा राखेका थिए।

बलिउडमा ए-लिस्ट अभिनेत्री हुँदाहुँदै पनि यति सानो भूमीका खेलेकोमा सबै चकित छन्।
सामाजिक सञ्जालहरूमा उनको यस उपस्थितिलाई ‘गेस्ट अपियरेन्स’ मान्नसम्म तयार छैनन दर्शक।
गीतको अन्त्य तिर उनको केवल ३ वटा सट रहेको छ।

४ मिनेट २० सेकेण्डको यस भिडियोमा ३:३६ मिनेटमा सोनामको एन्ट्री हुन्छ र ३:४६ मिनेटसम्म केवल एक-एक सेकेण्डको ३ वटा सट दिएर बाहिरिन्छिन्।

पहिले, यस गीतमा सोनाम र बियोन्से सँगै देखिन्छन् भन्ने खबर आएको थियो। तर, यस भिडियोमा बियोन्सेलाई पुरै गीत भरि नै देखाइएको छ भने सोनामलाई साइड आर्टिस्टको भन्दा कम समयको लागि देखाइएको छ।
भिडियोमा के देखाइएको छ?

यस भिडियोमा भारत संस्कृतिको अलग-अलग रङ्ग देख्न सकिन्छ।
यसको सुरुवात एक मन्दिरमा आरती भैरहेको बेलाबाट हुन्छ।
यसपछि भारतको रहनसहन, ऐतिहासिक भवनहरू अनि होलीको रङ्गलाई बढि फोकस गरिएको छ।
भिडियोमा बियोन्सेलाई बलिउड अभिनेत्री ‘रानी’को रूपमा देखाइएको छ।
विवाद केमा चलिरहेको छ?

सामाजिक सञ्जालका भारतीय प्रयोगकर्ता भन्छन् कि यस भिडियोले भारतीय संस्कृति भन्दा बढि त्यहाँको गरिबीलाई देखाउने कोशिस गरेको छ।

भिडियोमा कोल्डप्लेका गायक ‘क्रिस मार्टिन’लाई सुकुम्बासीका बच्चाहरूसँग खेल्दै गरेको देखाइएको छ।
कोल्डप्लेको ‘हिम्न फर द विकेण्ड’को म्यूजिक भिडियो हेर्नुहोस्