फेरि मिसाइल परीक्षण गर्दै उत्तर कोरिया/जहाज खस्ने डरले जापानले बदल्यो रुट!!!!!!!
एजेन्सी : उत्तर कोरियाको स्याटेलाइट परीक्षणबारे थाहा पाएपछि छिमेकी मुलुक जापाले आफ्नो हवाई रुट नै बदलेको छ।
८ देखि २५ फेब्रुअरीको बीचमा उत्तर कोरियाले 'अर्थ अब्जर्भेसन स्याटेलाइट लन्च' गर्ने थाहा पाएपछि जापानाले असुरक्षाको कारण जनाउँदै आफ्नो देशमा आउने जाने जहाजको रुट नै बदलेको हो ।
कयौं देशले यही आडमा किम जोङ्ग उन लामो दुरीको मिसाइल प्रविधिलाई अघि बढाउने तयारीमा रहेको आरोप लगाएका छन् ।प्योङ्गयाङ्गले मंगलवार इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेसनलाई लामो दुरीको मिसाइल परीक्षणबारे जानकारी गराएको छ।
उत्तर कोरियाका अनुसार उसले स्याटेलाइट लन्च गरिरहेको छ । तर अमेरिकासहितका देशहरुले भने ब्यालिस्टिक मिसाइल परीक्षण गर्न लागेको दाबी गरेका छन् ।
इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेशनका अनुसार परीक्षणपछि पहिलो मिसाइलको भग्नावाशेष दक्षिण कोरिया र चीनको समुद्री इलाकामा खस्नेछ ।
जबकि दोस्रो स्टेपममा यो मिसाइलको भग्नावाशेष फिलिपिन्सको उत्तरी समुद्रीक्षेत्रमा खस्ने बताइएको छ ।
उत्तरकोरियाले मिसाइल परीक्षणको तयारी गरेपछि जापानका दुई ठूला एयरलाइन्स अल निप्पो र जापान एयरलाइन्सले बिहीबार आफ्ना सात उडानको रुट बदलेको घोषणा गरे ।
अल निप्पोक टोक्योको हनेदा एयरपोर्टबाट मनिला, मनिलाबा टोक्योको नरिता एयरपोर्ट, जकार्ताबाट नरिता जाने उडान र नरिताबाट मनिला जाने जहाजको रुट बदलिएको हो।
कम्पनीहरुका अनुसार रूट बदल्दा अब जहाज अवतरण समयमा १० मिनेट ढिला हुनेछ । जापानलाई उत्तरकोरियाले परीक्षण गर्ने मिसाइलको भग्नावाशेष जहाजमा ठोक्किने डर रहेको छ।
दक्षिण कोरियाले उत्तरको यो कदमलाई अन्तर्राष्ट्रिय समुदायलाई सिधा चुनौती भएको प्रतिक्रिया दिएको छ । उसले उत्तरलाई चेतावनी दिँदै यदि उसले यो कदम चाल्यो भने त्यसको नतिजा नराम्रो हुने जनाएको छ ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि उत्तर कोरियालाई यो मिसाइल परीक्षण रोक्न आग्रह गरेका छन् । आबेका अनुसार उनको क्याबिनेट, अमेरिका र दक्षिण कोरियासँग मिलेर कडा भन्दा कडा जवाफ दिन लागिएको छ ।
जापानले कुनै पनि खतरा हुनुभन्दा अघि नै यो मिसाइललाई गिराउन आदेश दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लू क्याङ्गले उत्तर कोरियाको यस कदमबारे गहिरो चिन्ता जनाएका छन् ।
'हामीलाई विश्वास छ कि उत्तर कोरियाको यस कदमले आसपासको इलाकामा तनावको माहौल हुने छैन', उनले भनेका छन् ।
