वीरगञ्जमा मधेसी जनताले जलाए मोर्चाका यी चार नेताको पुत्ला
मधेसी जनताको टुट्टै संगठन मधेश आन्दोलन संघर्ष समितिको अगुवाईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको पुतला जलाइएको हो ।
उनीहरुले मधेश आन्दोलन तुहाएको आरोपमा मोर्चाका शीर्ष नेताहरुको पुत्ला जलाएका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डको पनि पुत्ला जलाएका छन् ।
यसअघि मधेश आन्दोलन संघर्ष समितिले सिर्सिया सुख्खा बन्दरगाहबाट निकालेको रयाली घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।
सभालाई मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले सम्बोधन गर्दै उचाईमा पुगेको मधेश आन्दोलनलाई मोर्चाका गद्दारहरुले षडयन्त्र पूर्वक तुहाउन प्रयासमा जुटेको आरोप लगाए । उनले आम मधेशी जनतालाई सचेत हुन आग्रह गरे