राजधानीमा भयानक दुर्घटना:दुई विद्यार्थीको मृत्यु,केही पैदलयात्री घाइते

विद्यार्थी छोड्न गएको विद्या संस्कार स्कुलको बसले कान्ति वाल अस्पताल र त्रिवी शिक्षण अस्पतालको पछाडीको ओरालोमा अनियन्त्रित भएर सडकमा हिडिरहेका यात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट एमडी अध्ययन गर्दै गरेका प्युठान घर भएका सञ्जिव सुवेदी र भारत विहार घर भएका सति आनन्दको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य केहि बटुवा पनि घाइते भएका छन् ।