हिन्दी फिल्म नायकको शैलीमा आपुर्ती मन्त्री आफै अनुगमनमा ओर्लिएि... कर्मचारीको सातो उड्यो, ग्यास उद्योगीहरुको पसिना छुट्यो पढ्नुस् के के गरे मन्त्रीले!!!


 नाकाबन्दी खुलेपनि इन्धन र ग्यासको हाहाकार नहटेको र कालोबजारी कायम रहेको गुनासो बढिरहेको समयमा आपूर्ति मन्त्री गणेशमान पुन आफै बजार अनुगमनमा निस्किएका छन् ।

अनुगमन प्रभावकारी नभएको गुनासो बढ्दै गएपछि आपूर्ति मन्त्री आफै अनुगमनमा निस्किएका हुन् । छड्के अनुगमनमा निस्किएका मन्त्री पुनले धादिङस्थित सिद्धार्थ ग्यास उद्योगमा सिलबन्दी गरेका छन् ।


मन्त्री पुनसहितको अनुगमन टोलीले ३ सय २ वटा अवैध ग्यास सिलिण्डर जफत गरेको छ । तिनको नमूना परीक्षण गर्दा सिलिन्डर आधा किलो बढीसम्म तौल पाईएको छ । कम्पनीले हाइड्रोलिक नगरी लेदो जमेको सिलिन्डर बजार पठाएको पाइएपछि सिल गरिएको हो ।

आपुर्ति मन्त्री पुन बुधबार विहानै अनुगमनमा निस्किएका थिए । हाइप्रोफाइल अनुगमन टोलीमा आपूर्ति मन्त्री गणेशमान पुन सहित वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, नापतौल विभागका अधिकारीहरु सहभागी थिए ।

आपूर्ति मन्त्री सहितको सरकारी उच्चस्तरीय टोलीले नेपाल आयल निगमको थानकोट डिपो सहित धादिङका विभिन्न ग्यास उद्योगमा अनुगमन गरेको थियो । उद्योगमा म्याद सकिएका ग्यास सिलिण्डरहरुलाई हाइड्रोलिक टेष्ट गर्नुपर्नेमा रंग लगाएर नयाँ जस्तो बनाइरहेको अबस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।

खानीखोलास्थित सुगम ग्यास उद्योगमा अनुगमन गर्दा सिलिण्डरको तौल र फुटरिङमा कैफियत पाइएको छ । नमूनाको रुपमा २०, खाली १० वटा भरी सिलिण्डर जाँच गर्दा ६ वटामा कैफियत देखिएको हो । ति सिलिण्डरहरुमा १६० देखि २३० ग्रामसम्म तौल बढी देखिएको छ । तौल बढी हुनुको अर्थ सिलिण्डर भित्र लेदो हुनसक्ने अनुमान गरिएको छ । सुगम ग्यास नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेको कम्पनी हो ।

म्याद सकिएका पुराना ग्यास सिलिण्डरहरु सुरक्षाको दृष्टिले अति नै खतरनाक मानिन्छन् । पुराना सिलिण्डरहरुमा लेदो बढी हुने, विष्फोट हुने र रेगुलेटर जोड्ने ठाउँबाट ग्यास लीक भई आगलागी हुने सम्भाबना बढी रहन्छ । सिद्धार्थ ग्यास उद्योगमा थप ५ सय भन्दा बढी सिलिन्डर प्रयोग गर्न नमिल्ने अवस्थामा भेटिएका छन् । ति सिलिन्डरहरू प्रयोग गर्न नमिल्ने भनेर थन्काइए पनि उद्योग धनि रामचन्द्र सांघाइले जवरजस्ति प्रयोगमा ल्याउन दबाब दिएको कर्मचारीहरूले बताएका छन् ।

कर्मचारी असयोग, मन्त्रालय विभाजन नहुदै अनुगमन टोली गठन गरेपनि विभाजनले समस्या जस्ता कारण देखाउँदै आपुर्तिमन्त्रीलाई कर्मचारीहरुबाट असहयोग हुँदै आएको बताइन्छ । आपुर्ति मन्त्री पुनले अनुगमनलाई निरन्तरता दिने मातहतका कर्मचारीलाई अनुगमन चुस्त पार्न निर्देशन दिएका छन् । इन्धन तथा ग्यास वितरणमा अनियमितता गर्नेलाई कार्वाही गर्ने चेतावनी समेत उनले दिएका छन् ।


नुगमन टोलीले थानकोट स्थित नेपाल आयल निगमको इन्धन भण्डारण डिपोको समेत अनुगमन गरेको थियो । निगमको भण्डारण क्षमता बढाउन, लामो समय देखि विग्रिएका टपिङ मिटर तत्काल जडान गर्न निर्देशन दिएको छ ।

यस अघि यस्तै हस्तक्षेपकारी कदम चालेर अघी बढ्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपुर्तिमन्त्रीप्रति आक्रोश पोखेको थियो । संस्थागत कालोबजारी गरेका भनेर गम्भिर आरोप लागेका आयल निगमका पदाधिकारी कारवाही प्रक्रिया अघि बढाएपछि अख्तियार आपुर्तिमन्त्रीसँग रिसाएको थियो ।

त्यतिबेला आपुर्ति मन्त्री पुनले आयल निगमबाट संस्थागतरुपमा नै इन्धनको कालोबजारी भैरहेको र विभिन्न अनियमिता गरेको आरोप लागेपछि आयल निगमका कार्यकारी निर्देशक गोपाल खडका र अन्य पदाधिकारीलाई कारवाही गर्ने तयारी गरेका थिए । तर आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका नातेदार हुन् ।

गोपाल खड्कालाई कारवाही गर्न लाग्दा प्रधानमन्त्री कार्यालय र पार्टी मुख्यालयबाट समेत मन्त्री पुनले अवरोध खेपेको श्रोत बताउँछ ।