बेलायती राजकुमार प्रिन्स ह्यारी चैत ७ गने नेपाल आउने, नेपालमा ४ दिनसम्म रहँदा भुकम्पले पारेको क्षतिको अवलोकन गर्ने तथा भुकम्प पिडितका झुपडिमा पनि जाने!!

काठमाडौं । बेलायती राजकुमार प्रिन्स ह्यारी ४ दिने भ्रमणका लागि आगामी चैत ७ गते नेपाल आउने भएका छन् ।  ह्यारी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन ।

नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गर्ने छन् ।
यस्तै, राजकुमार ह्यारीले गत बैशाखमा गएको भूकम्प प्रभावित जिल्लामा पुगेर पीडितहरुसंग भेट गर्ने बेलायती दुतावासले जनाएको छ ।

सो क्रममा उनले क्षतीग्रस्त भवन तथा ऐतिहासिक धरोहर लगायतको पुन निर्माणमा भईरहेको पहलबारे जानकारी पनि लिने दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बेलायती सैनिक समेत रहेर अफगानिस्तान लगायत मुलुकमा गोर्खाली सैनिकसंगै काम गरेका ह्यारीले पोखरास्थित ब्रिटिश गोरखा क्याम्पको पनि भ्रमण गर्ने छन् ।  त्यहाँ उनले  ब्रिटिश गोरखा भर्तीको प्रक्रिया तथा सैनिकले समाजमा पुर्‍याएको योगदान बारे जानकारी लिने विज्ञप्तीमा उल्लेख छ ।