फलोअप : सहयोग पाएपछि सपनाले भनिन्– रातोेपाटीको गुन जुनीभरी भुल्न सक्दिनँ -

गुल्मी–आफैंले मन पराएको प्रिय मान्छेको साथ । कोखमा हुर्किंदै गरेको सन्तानले गोडा चलाउँदाको रोमाञ्च । गुल्मी पिपलधार–९ की सपना भण्डारीलाई केही महिनाअघि लाग्थ्यो– एउटा स्वप्निल संसारमा छु । नाम सपना भएपछि उनीसँग सपनाको त्यस्तो चाङ थिएन, जसलाई पाउन धेरै दुःख होस् । त्यसैले उनी सुखी नै थिइन् । स्वस्थ सन्तान काखमा खेलाउने आम महिलाको सपना थियो उनीभित्र पनि, जो कोखमा लात्ती चलाउँदै थियो ।gulmi-story-women
३ माघमा उनको सपनाको इन्द्रेणीलाई हातैले समाउन पाइन् पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा । र, त्यसअघि घन्टौं भोग्नुपरेका असीम पीडा भुलिन् । तर उनको खुशीमा एक्कासी बादल लाग्यो, जब अस्पतालले भन्यो, ‘तपाईंको छोरीकोे तौल कम छ । त्यसैले आइसियूमा राख्नुपर्छ ।’
उनको मनमा बरफको डल्लो खसेजस्तो भयो । पीडा पचाएर लुकिरहेको आँशु बर्षिन खोज्यो । तर धेरै खतरा नरहेको भन्ने नर्सहरूको कुराले उनको मन अलि ओभायो । उनी जतिसक्दो छिटो आइसियूबाट आफ्नो सपनाको इन्द्रेणी काखमा सार्न चाहन्थिन् । त्यसबीचमा सपनाको मनमा कति हिमपात भयो, त्यो त उनैलाई थाहा छ । तर पाँच दिनको कठीन प्रतिक्षापछि उनकी छोरी आइसियुबाट मुक्त भइन् । सपनाको मुहारमा सूर्य झुल्कियो । तर झुलुक्क झुल्किएको सूर्य फेरि बादलले छोपियो, जब अस्पतालको बिल आयो । बिल पुगेको थियो ३५ हजार, होटलमा पनि पैसा तिर्न बाँकी नै थियो । जुन रकम उनीहरूको बुताबाहिर थियो । sapana (1)
बिल देखेपछि श्रीमान विशालले भने, ‘तिमी यहीँ बस, म पैसाको जोहो गरेर आउँछु ।’ सपनासँग विकल्प थिएन । उनले स्वीकृतिको मुन्टो हल्लाइन् र सुस्त भनिन्, ‘छिट्टै आउनु है ।’ पैसा कसरी ल्याउने हो भन्ने आत्तेस सपनाको मनमा पनि थियो, जसलाई व्यक्त गर्नुको कुनै औचित्य थिएन । बिल त आइसकेको थियो ।
त्यसपछि उनले बिताउनुपरेको प्रत्येक सेकेन्ड भारी भए । एकातिर पैसा लिएर आउने श्रीमानको प्रतिक्षामा ओछिएका थिए उनका आँखा । तर श्रीमानको मोबाइल अफ थियो । अर्कातिर पैसा खै भन्दै अस्पतालले दुव्र्यवहार गरिरहेको थियो । बच्चाको स्वास्थ्यको चिन्ता र सुत्केरी हुँदाको नातागती त छँदैथियो । पाँच दिनसम्म पनि न श्रीमान पैसा लिएर आए, न त अस्पतालले नै उनलाई बच्चा लिएर जान दियो । पाँच दिनसम्म पीडाको असिनापानी खेपेपछि उनले निष्कर्ष निकालिन्, ‘यसरी हुँदैन ।’ त्यसपछि अस्पताललाई आफूले पैसा ल्याएर दिने कुरामा आस्वस्त पार्न खोजिन् । तर अस्पतालमा यस्ता दयाहीन व्यक्तिको राज देखियो, जो उनको आँसुबाट अलिकति पनि संवेदित भएनन् । सट्टामा तिनले एउटा निर्दयी विकल्प दिए, ‘बच्चा छोडेर जाने हो भने जाऊ ।’
उनी त्यो निर्दयी विकल्प स्वीकार गर्न बाध्य भइन् । मुटुमाथि ढुंगा राखेर आफ्नो सपनाकी इन्द्रेणीलाई नर्सको हातमा सुम्पिन् र सहयोगको याचना गर्न गुल्मी सदरमुकाम तम्घास पुगिन् । तागतिला खाना र स्याहार पाउनुपर्ने समयमा उनी तम्घासमा रहेका आफन्तलाई सहयोगको गुहार माग्न थालिन् । तर आफन्त पनि उनको याचनाबाट पग्लिने छाँट देखिएन । भर्खर जन्मेकी छोरीको माया र सम्झनाले छट्पटाइरहेकी सपना बेसहारा बनिन् । उनको मनमा झट्ट आयो– प्रहरी ।
जिल्ला प्रहरी कार्यालयमा गएर आँसु पोखिरहेकै बेला सपनालाई भेटें । उनका आँखा आँसुले भिजेका थिए र अनिँदोले सुन्निएर राता भएका । उनी सुसाएझैं बोलिरहेकी थिइन् र हरेक मिनेट आँसु पुछिरहेकी थिइन् । नातागतीले हातगोडा काँपिरहेका प्रष्टै देखिन्थे । उनको व्यथालाई मैले समाचारको रूप दिएँ र पठाएँ मैले काम गरिरहेको सञ्चारसंस्था ‘रातोपाटी’मा । पठाउनेबित्तिकै प्रकाशित भयो समाचार । शीषर्क थियो– गरिबीको दर्दनाक कथाः अस्पतालको पैसा तिर्न नसकेर श्रीमान फरार, १२ दिनकी सुत्केरी बच्चा छाडेर पैसा खोज्न माइतीतिर । समाचारले आफ्नो शक्ति देखाउन थाल्यो, सामाजिक सञ्जाल र सम्पर्कका अन्य माध्यमबाट सहयोग इच्छा व्यक्त हुन थाल्यो । अस्पतालको अमानवीय व्यवहारको आलोचना सुरु भयो । आफ्नो आलोचना सुरू भएपछि अस्पतालले सपनालाई बोलायो र तिर्नुपर्ने रकम मिनाहा गरिदिएर बच्चा जिम्मा लगायो ।

एउटा समाचार जसले बन्धक बनेको १२ दिनको बच्चालाई आमाको काख दिलायो

नेपाल त्यस्तो देश हो, जहाँ मौलिक अधिकार प्राप्त गर्न पनि पहुँच चाहिन्छ । संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लेखिएको त छ, तर नेपालका अस्पतालहरूमा पुगेर हेर्ने हो भने थाहा हुन्छ कि स्वास्थ्य कुनै अधिकार होइन, त्यो त पहुँच र पैसा भएकाहरूले प्राप्त गर्ने सुविधा हो । सपना एउटा प्रमाण थिइन् । यसबाट राज्यको लाचारी त प्रमाणित भएको छ नै, सेवाका नाममा खोलिएका अस्पतालको अमानवियतालाई पनि पर्दाहीन बनाइदिएको छ । sapana (2)
संयोगले सपना सञ्चारमाध्यमको सम्पर्कमा आइपुगिन् र उनलाई अहिले लाखौं सहयोग प्राप्त भइरहेको छ । जसले उनको जीवनमा फेरि आशाको किरण देखिएको छ । अहिलेसम्म उनलाई डेढ लाख भन्दा बढी सहयोगको घोषणा भएको छ । केही रकम प्राप्त भइरहेको छ त केही प्राप्त हुन बाँकी छ । यस समाचारदाताकै मार्फत पनि धेरै व्यक्तिले सपनालाई सहयोग गरेका छन् । गुल्मी मुसिकोट–९ घर भई वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा कार्यरत पदम थापाले ४ हजार, पोखरा औद्योगिक क्षेत्र घर भई दुबईमा कार्यरत माधव सापकोटाले २० हजार, अर्घाखाँची, खनदह–३ घर भई पोखराको सिप्रदी टे«डर्समा कार्यरत सुरज गौतमले १० हजार, गुल्मी कुर्घा भुवाचिदीका रामबहादुर रायमाझीले ६ हजार र पोखरा घर हुने दिल तामाङले इराकबाट १० हजार २६ रुपैयाँगरी ५० हजार २६ रुपैयाँ यस समाचारदातामार्फत सपनालाई सहयोग गरेका छन् ।
त्यस्तै यस समाचारदाताको नाममा सुनवल–४, नवलपरासीका कृष्ण हमालले कतारबाट ६ हजार पठाएको बताएका छन् तर उनले दिएको कोड नम्वर नमिलेर रकम प्राप्त हुन सकेको छैन । त्यस्तै सहयोगको घोषणा गरेका मातृभूमिका लागि युवा अभियानका अध्यक्ष सुनिल खड्का र गुल्मी बडागाउँ–५, पेंगा घर भई दुबईमा कार्यरत राजु रायमाझीले सहयोग रकम पठाउन बाँकी छ । त्यस्तै सुर्खेत बीरेन्द्रनगर–८ का इन्जिनियर चेतबहादुर अधिकारी, चितवन, राप्ती–५ घर भई कुवेतमा कार्यरत सुरज तामाङ्ग, ललितपुरबाट नेविसंघका केन्द्रीय सदस्य लाओस राई, काठमाण्डौं जैसीदेवलका राजेश जोशी, बर्दिया ताराताल–१का मेघबहादुर गुरुङलगायतले सहयोग पठाउँदै छु भनेर जानकारी दिएका छन् । कतिपयले चाहिँ समाचारदालाई फोनमा रकम पठाएको बताए पनि पिन नम्बर प्राप्त भएको छैन । उहाँहरूले छिट्टै पिन नम्बर टिपाउनुहुनेछ भन्ने आशा छ ।
त्यस्तै गुल्मी केयर विश्व सञ्जालमार्फत दुबईमा कार्यरत गुल्मी सिमीचौरकी विष्णु कार्कीले ५ हजार ५ सय, पाल्पाकी कमला कार्कीले ३ हजार, गुल्मी अमरपुरकी माया गिरीले ३ हजार, गुल्मीकै रविन ढकालले ३ हजार, सिमीचौरका लक्ष्मण खत्रीले ३ हजार र अबुधावीमा कार्यरत गुल्मी, दिगाम–६ का शालिकराम पन्थले ५ हजार सहयोग सपनालाई सहयोग गरेका छन् । गुल्मी खैरेनी घर भई दुबईमा कार्यरत अमृता भण्डारीले १ हजार ५ सय, गुल्मी मुसिकोट–देउराली घर भई इजराईलमा कार्यरत विद्या कार्कीले ३ हजार, दुबईमा कार्यरत गुल्मी, हुँगाकी जमुना न्यौपानेले ५ हजार, गुल्मी, वस्तु–९ का गोविन्द कुँवरले ४ हजार, पीपलधारा– चौतारा विश्व सञ्जालका अध्यक्ष कमल जिसीले ३ हजार १ सय र गुल्मी, मुसिकोट कालीरहका चेकरिपब्लिकमा कार्यरत जितेन्द्र रायमाझीले ५ हजार सञ्जालमार्फत सहयोग पठाएका छन् । सञ्जालमार्फत आएको सहयोग अध्यक्ष मानबहादुर कुँवरले पठाउनुभएको छ । समाचारदातामार्फत आएको ५० हजार २६ रुपैयाँ सञ्जालमार्फत आएको ४४ हजार एक सय रुपैयाँ गरी कूल ९४ हजार १ सय २६ रुपैयाँ सहयोग गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको हातबाट हस्तान्तरण गरीसकिएको छ ।
सर्वश्व सुम्पिएर सुन्दर जीवनको सपना देखेकी सपना यतिबेला बाटो अलमलिएको यात्रुझैं बनेकी छिन् । ‘माइतमा वृद्धा आमामात्रै हुनुहुन्छ । बुबा म सानै छँदा बित्नुभएको हो । आमा पनि भेट्न आउनुभएको छैन । अब मेरो आफ्नो भन्नु कोही छैन, कहाँ जाउँ ?’, यसो भन्दा उनको आँखाको चेपबाट आँसुका ढिक्का झरिरहेका थिए ।
सहयोग हस्तान्तरण गर्दै गर्दा प्रमुख जिल्ला अधिकारीले भावुक भएर भने, ‘कुनै समय कतिपय बिरामी यहाँको अस्पतालले पाल्पा रिफर गर्दा त्यहाँ जाने बाटो खर्चसमेत नपाएर मृत्यु रोज्न बाध्य हुनुपर्ने अवस्था थियो । अहिले मिडियाले गर्दा सपनाजस्ता असहायले समाचार प्रकाशित भएको आधा घण्टामै सहयोग पाइन् । त्यसका लागि समग्र मिडिया र विशेष गरी रातोपाटीलाई जिल्लावासीको तर्फबाट आभार प्रकट गर्दछु ।’
रकम हस्तान्तरण गरेलगत्तै सपनाको नागरिकता नभएका कारण सिडिओ कँडेलले राष्ट्रिय वाणिज्य बैंक, गुल्मी, तम्घास शाखामा खाता खोल्न सिफारिस पत्र पनि पठाइदिएका थिए । अहिले उनकै नाममा खाता छ, जसको नम्बर हो – ३०१००२८०९०१० । उनलाई सहयोग गर्न चाहनेले यस खातामा सिधै पैसा जम्मा गर्न सक्नेछन् ।
विभिन्न चरणमा प्राप्त सहयोगपछि पनि सपनाको आँखा ओभाएको छैन । तर अहिले झर्ने आँसु पीडाको होइन, खुशी र कृतज्ञताको हो । ‘अस्पतालको बेडमा छोरी छाडेर तम्घास पैसा खोज्न आएको तिन दिन भएको थियो । तर एक पैसा नपाएर जिल्ला प्रहरी कार्यालयमा रुँदै बसेकी थिएँ । त्यही बेला रातोपाटी मेरो समाचार छापियो र मेरो उपकार भयो । यो गुन म जुनीभरी भुल्न सक्दिनँ ।’ यसो भन्दै गर्दा सपनाको आँखामा आँसु भरिएको थियो ।
त्यसो त उनको व्यथा अझै निको भएको छैन । सुत्केरी हुँदाको ज्यानको व्यथा त छँदैछ, मनको व्यथा पनि गहिरिँदैछ । उनको श्रीमान अझै सम्पर्कमा आएका छैनन् र समाचार प्रकाशित भएपछि प्रहरीले खोजिरहेको छ । आफूलाई सबैभन्दा बढी माया गर्ने आमाको चित्त दुखाएर आफूले सबैभन्दा बढी माया गरेका प्रेमीले त्यसरी साथ छोड्लान् भनेर उनले कल्पना पनि गरेकी थिइनन् । माइतीमा थाहै नदिई सपनाले प्रेमीलाई श्रीमानको रूपमा स्वीकार गरेकी थिइन् । सर्वश्व सुम्पिएर सुन्दर जीवनको सपना देखेकी सपना यतिबेला बाटो अलमलिएको यात्रुझैं बनेकी छिन् । ‘माइतमा वृद्धा आमामात्रै हुनुहुन्छ । बुबा म सानै छँदा बित्नुभएको हो । आमा पनि भेट्न आउनुभएको छैन । अब मेरो आफ्नो भन्नु कोही छैन, कहाँ जाउँ ?’, यसो भन्दा उनको आँखाको चेपबाट आँसुका ढिक्का झरिरहेका थिए । उसो त उनकी आमाको जीवन पनि उत्तिकै दुःखमा बितिरहेको पिपलधारा–९ का स्थानीयवासी बताउँछन् ।
यिनै दुःखबीच पनि सपनाकी छोरी भने स्वस्थ्य छिन् । जब छोरीको मुख देख्छिन्, सपनाको मुहारमा खुसीको प्रकाश फैलिन्छ । त्यही प्रकाशकै सहायतामा उनी अगाडिको बाटो खोज्ने प्रयत्नमा छिन् । अहिले सदरमुकाम तम्घासको, छापटोलको एक घरमा डेरा खोजेर बस्ने व्यवस्था मिलाइएको छ । सबैबाट सहयोग भए बासको व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी कँडेलले आश्वासन पनि दिएका छन्