वीरगञ्ज नाकाबाट खुसीको खबर, नाका सुचारु तर...!!
वीरगञ्ज-रक्सौल नाका शुक्रबारबाट खुलेदेखि अहिलेसम्म दुइ सय भन्दा बढी मालबाहक गाडी नेपाल भित्रिएका छन्।
शुक्रबार दिउँसो एक बजे आन्दोलनकारी हटेसंगै अहिलेसम्म नाका सुचारु छ।
अवरोधको प्रयास अहिले पनि गरिएका छन् तर स्थानीय तथा व्यापारीहरु अवरोध गर्न नदिने तयारी बसेका छन्।
आज अवरोध खडा नभए नाका सधैका लागि सुचारु हुने सम्भावना बढेको देखिन्छ।
यस अघि नाका नखोल्ने अडानमा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महिनौंदेखि बन्द रहेको वीरगन्ज नाका तत्काल खुल्ला गर्नुपर्ने बताएका थिए।
मधेस आन्दोलनप्रति समर्थन जुटाउन दुईदिने भारतको बिहार भ्रमणबाट फर्किएका महतोले नाकाबन्दीका कारण जनताले मात्र दुःख पाइरहेको बताउँदै नाका खोल्न मोर्चाका अन्य नेतालाई आग्रह गरेका छन्