गजिनीको स्क्रिप पढेपछि आमिरले निर्मातालाई भनेका थिए, सलमानलाई दिनुस्, सलमानले अस्वीकार गरेका यी ५ चलचित्र जुन भएका थिए सुपरहिट
सुपरस्टार सलमान खानले बलिउडमा धेरै सुपरहिट चलचित्रहरू खेलेका छन्। फेरि उनको बेजोड अभिनयलाई सबैले मन पराउँछन्। तैपनि बलिउडमा यस्ता कैयौँ सुपरहिट चलचित्रहरू छन् जसलाई सलमानले सीधै अस्वीकार गरेका थिए।

उनकै चलचित्र ‘किक’को एउटा डायलग छ नि, ‘दिल मेँ आता हुँ, समझ मेँ नहीँ!’ उनले यी चलचित्रहरूमा खेल्न किन मानेनन् त्यसमा विभिन्न कारण छन्, सलमानले कुन कुन सुपरहिट चलचित्रमा खेल्न मानेनन्? पढ्नुस्
१. बाजीगर
सन् १९९३ को अब्बास-मस्तानको ब्लकबस्टर चलचित्र ‘बाजीगर’मा खलनायकको भूमीका खेल्नको लागि सुरुमा सलमान खानलाई प्रस्ताव राखिएको थियो। तर, सलमानले सजिलै उक्त चलचित्र शाहरुख खानलाई सुम्पिदिए। शाहरुखले खलनायकको भूमीका खेलेको पहिलो चलचित्र नै यहि हो। यस चलचित्रले शाहरुख खानलाई चर्चित मात्र बनाएन, उनको भव्य अभिनयको कारणले उनलाई कैयौँ अवार्डहरू पनि दिलायो।

२. जोस
सन् २००० मा मनसूर खानले निर्देशन गरेको चलचित्र ‘जोस’को ‘म्याक्स डियास’को पात्र यस्तो लोभलाग्दो थियो कि हरकोहिले उनको भूमीका खेल्न खोजेका थिए। तर, मनसूरको पहिलो च्वाइस भने सलमान खान नै थियो। त्यतिबेला सलमानको व्यस्तताले गर्दा फेरि पनि शाहरुख खानलाई सुम्पिएका थिए। सलमानले यस चलचित्रबाट खस्किँदै गएको उनको करियरलाई सुधार्ने मौका गुमाएका थिए।
३. कल हो ना हो
‘कल हो ना हो’ चलचित्र धेरै चलचित्रहरूमध्ये यस्तो चलचित्र थियो, जसले संसारभरीकै मन जित्न सफल भएको थियो। ‘निखिल अदवानी’द्वारा सन् २००३ मा निर्देशित यस चलचित्रमा सैफ अली खानको भूमीकाको लागि सुरुमा सलमानलाई नै प्रस्ताव आएको थियो। तर शाहरुखको विरुद्धमा कुनै पनि भूमीका गर्न नचाहेका सलमानले यो चलचित्रलाई पनि सजिलै नकारेका थिए।
४. चक दे इण्डिया
शाहरुख खानको बेजोड प्रस्तुति भएको अर्को चलचित्र भनेको ‘चक दे इण्डिया’ हो। भारतीय महिला हकी टिमका प्रशिक्षक सुरुमा सलमानलाई बनाउने भनिएको थियो। तर सलमानको व्यस्तताले गर्दा फेरि पनि बलिउडको ब्लकबस्टर चलचित्र गुमाउन पुगे। यस चलचित्रले बक्स अफिसमा धमाल मच्चाउनको साथै थुप्रै अवार्डहरू पनि पाउन सफल भएको थियो।

५. गजिनी
चलचित्रको स्क्रीप्ट पढिसकेपछि, आमिर आफैले यस चलचित्रमा सलमान खानलाई राख्न निर्माताहरूलाई सुझाव दिएका थिए। तर, अन्त्यमा यस चलचित्र आमिरले नै कसरी खेल्न पुगे भन्ने कुरा अज्ञात नै छ। आमिरको ‘गजिनी’ सो वर्षकै सबैभन्दा बढि कमाउने चलचित्र बन्न पुगेको थियो।