५ महिना लामो नाकाबन्दीका क्रममा आज दोश्रो पटक बीरगञ्ज नाकाबाट मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । मोर्चाका धर्नाकारीहरुले गाडी आवत जावतमा अवरोध नगरेको समेत बताइएको छ ।
गए राति भारतको रक्सौलबाट तीन वटा ट्रक नेपाल भित्रिए थिए भने नेपालबाट ९ वटा बस र २ वटा ट्याक्टर रक्सौल तर्फ गएका थिए । आज विहान पनि केही गाडी नेपाल भित्रिएको बताइएको छ ।
गाडी आवत जावत गर्दा मोर्चाका धर्नाकारीहरु चुप चाप सुतेका थिए । पछिल्लो समयमा मधेशी मोर्चाका नेताहरुले नाका अवरोधको आन्दोलनको स्वरुपमा परिवर्तन ल्याउने संकेत दिइसकेका छन् ।
यस अघि नाका नखोल्ने अडानमा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महिनौंदेखि बन्द रहेको वीरगन्ज नाका तत्काल खुल्ला गर्नुपर्ने बताएका छन्।
मधेस आन्दोलनप्रति समर्थन जुटाउन दुईदिने भारतको बिहार भ्रमणबाट फर्किएका महतोले नाकाबन्दीका कारण जनताले मात्र दुःख पाइरहेको बताउँदै नाका खोल्न मोर्चाका अन्य नेतालाई आग्रह गरेका छन्।
वीरगञ्जबाट आयो खुसीको खवर नाकाबन्दीको ५ महिनामा दोश्रो पटक भयो यस्तो!!!