फेसबुक चलाउनेहरुलाई खुसीको खवर ! आफ्नो १२ औं जन्मदिनमा फेसबुकले प्रयोगकर्तालाई दियो नयाँ उपहार!

सामाजिक सञ्जाल फेसबुकले आज १२ औं जन्मदिन मनाइरहेको छ । आजको दिनलाई फेसबुकले मित्रता दिवस अर्थात #FriendsDay कोरुपमा मनाइरहेको छ ।

फेसबुकले आफ्नो जन्मदिनको अवसरमा प्रयोगकर्ताहरुलाई एउटा भिडियो बनाउने अवसर दिएको छ । जसले तपाइँका साथीहरु उक्त भिडियोमा देखिन्छन् ।

अन्त्यमा फेसबुकले तपाइँलाई Friends Day को शुभकामना दिन्छ ।


यो भिडियो बनाउनका लागि तपाइँको नोटिफिकेशन एरियामा जानुसर । तपाइँले भिडियोमा कुन् कुन् साथी राख्न सक्ने भन्ने छनौट समेत गर्ने सक्ने सुविधा दिएको छ ।

फेसबुकले अमेरिकाको हावार्ड युनिभर्सिटीबाट आफ्नो यात्रा शुरु गरेको थियो । त्यतिबेला फेसबुकका मालिक मार्क जुकरबर्गलाई उक्त विश्वविद्यालयले निकाला गरेको थियो । उनले हावार्डको नेटवर्क ह्याक गरेपछि निकाला गरिएको थियो । पछि तिनै मार्कले संसारलाई फेसबुक जस्तो सामाजिक सञ्जाल उपहार दिएका थिए