आजबाट नेपाल टेलिकमले दियो विशेष सुविधा!!

फागुन १ बाट नेपाल टेलिकमले वाइफाप हटस्पट इन्टरनेट सेवामा विशेष सुविधा दिने भएको छ।


आजबाट सुरु भएको यो सुविधामा ३० रुपैयाँ (करबाहेक) मा ५ घण्टासम्म ५१२ केबीपीएसको स्पीडमा इन्टरनेट चलाउन सकिनेछ।

यो सुविधा ७ दिन भित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ।

वाइफाइ मार्फत इन्टरनेट चलाउन जिएसइम, सिडिएम पोष्टपेड, प्रिपेड सिम हुनेले म्यासेज बक्समा गइ wifi टाइप गरि 1416 मा म्यासेज पठाउनुपर्नेछ। म्यासेज पश्चात टेलिकमले पासवर्ड पठाउनेछ। सोही पासवर्ड प्रयोग गरि नेपाल टेलिकमको देशका अधिकांस भागमा उपलब्ध हटस्पट वाइफाइ कनेक्ट गरि इन्टरनेट चलाउन सकिनेछ।