७ हजार कारका मालिक ब्रुनाइका राजा बोइङमा सुत्छन् (फोटो फिचर)
काठमाडौं । ब्रुनाइका राजा हसनलको नाम संसारमा प्रायः सबैले सुनेको नाम हो । यसको कारण हो ब्रुनाइमा गरिएको पेट्रोलियम पदार्थका मौज्जाद राख्नु ।
सन् १९८० को अन्त्यतिर राजा हसनल पहिलो पटक संसारको सबैभन्दा बढी धनी व्यक्तिका रुपमा चिनिए । उनको कुल सम्पत्ति १.२४ लाख करोड भारतीय रुपैयाँ रहेको थियो ।brunai 4
महङ्गो कार जम्मा गर्न सौख पालेका उनले फरारी वैगनाजेशम्स, एस्टन मार्टिन तथा बेन्ट समेत केही लग्जिरियस कारहरु आफ्नो ग्यारेजमा जम्मा गरेका छन् । ती राजाको ग्यारेजमा शानदार सात हजार कारहरु रहेका छन् ।
ती कारहरुको अनुमानित मूल्य पाँच विलियन डलर भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको साथमा एक गोल्ड प्लेटेड कार रहेको छ । १७८८ महलहरु रहेका छन् जसमा सुनको छाना रहेको छ ।
ब्रुनाइको राजा हसनलसँग दुई वटा बोइङ र एउटा एयरबस पनि रहेको छ । बोइङ ७४७–४०० विमान भित्र एक लिविङ रुम र बेड रुम रहेका छन् । सो विमानमा आधुनिक उपकरण जोडिएको छ । एक रिमोट कन्ट्रोल डेस्क पनि रहेको छ । साथै अर्काे बोइङ ७६७–२०० र एयरबस ए३४०–२०० रहेको छ ।



