प्रधानमन्त्री के.पी.शर्मा ओलीले राष्ट्रियता र स्वाभिमानमा आफूले कुनै हालतमा सम्झौता नगर्ने बताएका छन् । राष्ट्रिय स्वाभिमानका लागि नेपालका सबै पुस्ताका मानिसहरुमा समान धारणा रहेको उनको भनाइ छ ।
नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमाबर आयोजित बाल राष्ट्रिय गीत सम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै उमेर समुहका नागरिकले पनि राष्ट्रिय स्वाधिनतालाई शिरोधार्य गर्ने गरेको बताए ।
छिमेकी भारतप्रति लक्षित जस्तो लाग्नो उनको भाषणमा ओलीले भने ‘संसारका धेरै शक्तिशाली देशरु उपनिवेसको चपेटामा पर्दा पनि नेपाल जोगियो’ । प्रधानमन्त्री ओलीले थपे ‘यसले के पुष्टि गर्छ भने इतिहास देखि नै हाम्रा पुर्खाहरु राष्ट्रिय स्वाधिनता रक्षाका लागि कोहीसँग झुकेनन् यसको अर्थ यो देश अनन्तसम्म स्वाधिन नै हुनेछ ।’
देशको भुगोल सानो ठुलो भएपनि स्वाभिमान सानो ठुलो नुहने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कसैको भुगोल ठुलो कसैको सानो होला तर स्वाधिनता सानो ठुलो हुदैन’ प्रधानमन्त्री ओलीले भने ‘स्वाधिनताका बारेमा नयाँ पुस्ता अझ बढी सचेत छ । ’ नेपालीको एकता र सद्ध्भाव भड्काउन कसैले दुषित बिचार फैलाएका भएपनि नेपालीहरुले त्यसलाई छनेर मात्र ग्रहण गर्ने प्रधानमन्त्री ओलीले भने ‘हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्ध्भाव भड्काउन कसै कसैले दुषित बिचार प्रवाह गरिदिएका छन्’ प्रधानमन्त्री ओलीले अगाडी थपे ‘तर नेपालीहरुमा त्यस्ता दुषित बिचार ग्रहण नगर्ने महानता छ ।’
आफ्नो जिम्मेवारी देश र बालबालिकाप्रति रहेको सम्झदै प्रधानमन्त्री ओलीले बालबालिकाका लागि खाने,बस्ने, पढ्ने,उपचार पाउने सुबिधाका लागि आफू सधैं प्रयत्नशिल रहने बताए । ‘स्कूल कलेज बन्द गरेर बालबालिकाको भबिष्य अन्धकार पार्ने दिन गए अब ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब बालबालिकाले पढ्न पाउछन्,समयमा पुस्तक पाउछन् र आफ्नो भबिष्य उज्यालो बनाएर देशकै भबिष्य उज्यालो बनाउने छन् ।’
भारतलाई लक्षित गरेर प्रधानमन्त्रीको अर्को कडा भाषण