नरेन्द्र मोदीको सपना जल्योः बलिउड कलाकारको भागाभाग के भएको घटना पढ्नुस् तस्विर सहित!!!
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू सत्तामा आएपछि ‘मेक इन इण्डिया’ को नारा निक्कै चर्तित बनाएका थिए । उनकै नारा अनुसार अहिले भारतमा ‘मेक इन इण्डिया सप्ताह’ चलिरहेको छ ।
तर मोदीको यो सपनामा आइतबार राति भने आगलागी भयो । मोदीको गृहराज्यसँगै रहेको महाराष्ट्रमा ‘महाराष्ट्र रजनी’ योजना पेश भैरहेको समयमा अगलागी भएको हो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiAGvepVZkeFqRBANmZdK_BQw3HmyJj9XnFLcQRB4PKuSJUb8iwriKpud2JdNosIihaYRVo3CffV0zUckfBy-XeElIqAKhvgef-T7Po1mOs1sDfQ4CFNZtfL3gJPzQ6z_Hon81plu82moo/s640/make-in-india-fire-1.jpg)
उक्त कार्यक्रममा आमिर खानको शो समेत हुने कार्यक्रम थियो । अन्य बलिउडका हस्तिहरु पनि कार्यक्रममा सहभागी थिए । अमिताभ बच्नन लगायतका हस्तिहरु समेत आगलागीबाट बँचेर भागेका थिए ।
२० देखि २५ हजार मानिस सहभागी कार्यक्रममा अभिनेत्री हेमा मालिनीले गणेश बन्धना गरेकी थिइन् भने अमिताभ बच्चनले कविता बाचन गरेका थिए ।
अमिताभको पुजापछि शुरु भएको डान्स चल्दा चल्दै स्टेजमा आगो लाग्यो ।
आमिरले आफू मेकअप म्यानको पर्खाइमा रहेको समयमा एक्कासी आगो लागेपछि त्यहाँबाट जोगिएर बाहिर निस्केको बताएका छन् । ३० मिनेटपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgmwm9EETLg8Ft-RDlqx9F6FOHMwTH6iS9OlaQ0dufLzZ2zESWyf5eAL5xamL2t-Sr3N-P3Lru7B-oZBbXaKZHoz3tYlxNrOhfefRNDJeiW3wnYlclFCjjXWLtyHMDwF1L5s_IyHoxyTks/s640/make-in-india-fire-4.jpg)
एक दिन अघि मात्र भारतका प्रधानमन्त्रीले ‘मेक इन इण्डिया’ इभेन्ट शुरु गरेका थिए ।
तर यो कार्यक्रमको शुरुमै धक्का लागेको छ । प्रधानमन्त्री मोदीले घटनाबारे महाराष्ट्रका मुख्यमन्त्रीसँग जानकारी मागेका थिए