यसरी सुरु हुँदैछ एसियाबाट तेस्रो विश्वयुद्ध : लाखौ सेना र हतियार तयारी अवस्थामा!!!!
काठमाण्डौं ६ फागुन । सिरियामा आतंकवाद अन्त्य गर्ने बहानामा साउदी अरबले राष्ट्रपति बशर अल असदका विरुद्ध निर्णायक युद्धको तयारी पूरा गरेको छ ।
सिरियाविरुद्धको यो युद्धमा साउदी अरबको नेतृत्वमा सुन्नी मुस्लिम देशका सैनिकहरु सामेल हुनेछन् भने २३ सय लडाकु जहाज, २० हजार टैंक र तीन लाख ५० हजार सैनिक सामेल छन् ।
यो फौज केही दिनदेखि साउदी अरबको उत्तरी इलाकामा युद्ध अभ्यास गरिरहेको छ । यो फौजले अमेरिकाको इशारा पर्खिरहेको छ ।
साउदी अरबका रक्षामन्त्री आदिल अल जुबैरले अमेरिकाले सिरिया युद्धको नेतृत्व गर्ने र साउदी नेतृत्वको सेना सिरियामा उतार्ने तयारी रहेको स्वीकार गरेका छन् ।आदिलको यो भनाई आएसँगै राष्ट्रसंघमा इरानका प्रतिनिधिले पत्रकार सम्मेलन गरेर साउदी अरबले सिरियामा आफ्ना सैनिक पठाएमा त्यो अन्तराष्ट्रिय कानुनको उल्लंघन हुने बताएका छन् । उनले सिरियाको जमिनमा पाइला राख्नुअघि साउदी अरबले धेरैपटक सोच्नुपर्ने चेतावनी दिएका छन् ।

सिरियामा एकैपटक यति ठूलो संख्यामा सेना पठाइएमा त्यसलाई निकाल्न गाह्रो हुने र साउदी अरबले यो फौज सिरियाका साथै इरान र रुसविरुद्ध खडा गरिएको मिडिया रिपोर्टहरुमा जनाइएको छ । साउदी अरबले क्षेत्रीय शान्तिको बहानामा इरानमाथि दबाब बढाउने रणनीति अपनाइरहेको छ ।
साउदी अरबलाई अमेरिकाको वैचारिक तथा रणनीतिक समर्थन रहेमा इरान र सिरियालाई रुसको साथ रहनेछ । रुसका प्रधानमन्त्रीले दुईदिनअघि मात्रै संसारका दुई ठूला शक्ति राष्ट्र शीत युद्धको अवस्थामा रहेको बताएका थिए ।
साउदी अरबका सेना सिरिया पसेमा तेस्रो विश्वयुद्धको थालनी हुनेछ । त्यसकारण अमेरिका र साउदी अरबले आइएसआइएसलाई समाप्त पार्नका लागि सिरियामा स्थलयुद्ध आवश्यक रहेको बताउँदै आएका छन् । तर लडाई सुरु हुनुअघि उनीहरुको योजना सिरियाका राष्ट्रपति असदलाई अपदस्थ गर्न चाहन्छन् ।
रुस र इरानपनि आइएसविरुद्धको युद्धका लागि सहमत भएपनि सिरियाली जमिनमा युद्ध गर्ने पक्षमा देखिएका छैनन् । उनीहरुले राष्ट्रपति असदलाई अपदस्थ गर्ने कुराको विरोध गरिरहेका छन् ।
यी दुई शक्ति राष्ट्रका अलवा टर्कीको भूमिका महत्वपूर्ण रहेको छ । टर्की आफूलाई अनुकुल हुनेगरी दुवै खेमामा देखिने गरेको छ । उसले असदका साथ कुर्द लडाकुविरुद्ध पनि कारबाही गर्नुपर्ने बताउँदै आएको छ । तर अमेरिकाले आइएसविरुद्ध कुर्द लडाकुहरु प्रयोग गरिरहेको छ । नेपाल सन्देसबाट


