मापदण्ड विपरित बनाइएका दुई कलेजसहित भवनहरु भत्काइयो
काठमाडौं, फागुन ८ – बानेश्वर सहयोगीनगर बागमती नदी किनार क्षेत्रमा महानगरपालिकाले तोकेको मापदण्ड विपरित बनाइएका केही भौतिक संरचना भत्काइएको छ ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा भत्काउने कार्यलाई तीव्र पारेको देखेपछि भत्काउन बाँकी घरका घरधनीले हाम्रो घर आफै भत्काउछौँ, केही समय दिनुस भनी कबुल गरेपछि बाँकी भौतिक संरचना हटाउने काम रोकिएको थियो ।
मापदण्ड विपरित बनाइएका ती संरचना भत्काउन डोजर अघि बढिरहँदा केही स्थानीय व्यक्तिले प्रतिवाद गर्न खोजेपनि त्यो विरोधलाई कसैले समर्थन गरेको देखिदैनथ्यो । सरकारले सडक, नदी र सार्वजनिक जग्गा मिचेर नियमविरीत बनाएको संरचनालाई भत्काउने कार्यलाई केही सयमदेखि निरन्तरता दिँदै आएको छ ।