कास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने सतीशले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताउनुभयो । उहाँका अनुसार अभियुक्तले रिसको झोकमा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् । उहाँले भन्नुभयो- ‘सतीशले नेहामाथि अश्लील हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ ।’
प्रहरीकाअनुसार अनुसन्धानबाट सतीशले गत माघ १८ गते राति नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोडस्थित ओपन टेबुल रेष्टुरेन्टमा बसी मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । त्यहाँबाट राति ९ बजेतिर सतीशले नेहा पुर्याउनको लागि आफ्नो मोटरसाइकलको पछाडी राखी नयाँगाउँतर्फ लगेका थिए । घटनास्थल नजिक पुगेपछी सतीशले नेहालाई लेकसाईड तिर घुमौ र त्यतैतिरको होटलमा संगै बसी रमाईलो गरौ, घर नजाउ भन्ने प्रस्ताव राखेका थिए ।
नेहा मरेपछि लाससँग हत्याराले सेक्स गर्न खोजेको खुलासा :: भिडियो हेर्नुहोस >> http://websitebhitrako.blogspot.co.il/…/02/blog-post_924.ht…
